राष्ट्रिय उद्योग तथा व्यापार महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडाैँ : राष्ट्रिय उद्योग तथा व्यापार महासंघको राष्ट्रिय भेला ललितपुर कुपोण्डोलस्थित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालयमा २०८२ पौष १२ गते सम्पन्न भएको छ । शिव धिमालको अध्यक्षता, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य तथा इन्चार्ज दिनेश शर्माको प्रमुख आतिथ्यता र सागर भण्डारीको सञ्चालनमा भेला सम्पन्न भएको छ ।

भेलाले शिव धिमालको संयोजकत्वमा ११ सदस्सीय राष्ट्रिय उद्योग तथा व्यापार महासंघ नेपाल गठन गरेको छ । जसमा सहसंयोजक सागर भण्डारी, सदस्यहरुमा उत्तम अर्याल , गोविन्द राज पोख्रेल ,कर्नेया राना , बहादुर सिङ चाङ ,लालबहादुर मर्ड,राधाकृष्ण थापा ,सुमनसिङ गोतामे रहनु भएको छ । भेलाले ४नं क्षेत्रको संयोजकमा गोविन्दराज पोख्रेल ,१ नं क्षेत्रको संयोजकमा बहादुर सिङचाङ र ९ नं क्षेत्रको संयोजकमा बहादुर सिङ चाङलाई चयन गरेको छ ।
भेला पछि बसेको बैठकले २०८२ माघ १६–१७ गते चितवनमा प्रशिक्षण भेला गर्ने निर्णय गरेको संयोजकले जानकारी दिनु भयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?