क्राकपा नेता रवि पाण्डेय ५ दिनपछि हिरासत रिहा
नवलपरासीमा मतदान घट्योनवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय पाँच दिनको हिरासत पछि रिहा भएका छन् । संयुक्त संघर्ष समिति नवलपरासीको संयोजक समेत रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक हिरा बहादुर थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बर्दघाट सहितको टोलीले पसलबाट अपहरणको शैलीमा गिरफ्तार गरिएको थियो । फागुन १८ गते साँझ ६:३० बजे बर्दघाट न.पा. वडा नम्बर ४, शान्तिनगर स्थित आफ्नै पसलबाट तरकारी बेचिरहेका उनलाई उनका छोराछोरी, पसलमा आएका दर्जन बढी ग्राहक र स्थानीय बासिन्दाको भिडबाट प्रहरीले बीच बिना पक्राउ पुर्जी गिरफ्तार गरिएपछि स्थानीयले बिरोध समेत जनाएका थिए । सो क्रममा…