जन बिहानी

1564 Posts
क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले भने ‘संसदीय निर्वाचन बहिस्कार गराैँ !’

क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले भने ‘संसदीय निर्वाचन बहिस्कार गराैँ !’

भक्तपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गर्न सबै जनसमुदायमा अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भक्तपुरको आयोजनामा २० पौषमा प्रेस सोसाइटी सूर्यविनायकमा पत्रकार सम्मेलन गर्दै सो अनुरोध गरेको हो । साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गरौं ,स्वाधीन संयुक्त सरकार गठन गरौं र सरकार विरुद्ध भ्रष्टाचार विरोधी संघष तीव्र पारौं भन्ने नारा सहित आयोजित पत्रकार सम्मेलनको अध्यक्षता सचिव सुरेश अधिकारी र संचालन पदम रानाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पार्टीका पिविएम दिशेन शर्मा र विशेष अतिथि चिन्तामणि शर्मा रहनु भएको थियो । पत्रकार सम्मेलनमा वहाँहरुले पार्टीको धारणाहरु राख्दै आगामी फागुन २१ गते…
Read More
ट्रम्पको चरम फासीवादी कदमविरूद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

ट्रम्पको चरम फासीवादी कदमविरूद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासविच सीपी गजुरेल गौरवले एक वक्तव्य निकालेर अमेरिकी राष्ट्रपति ट्रम्पको चरम फासिवादी कदमको घोर निन्दा र विरोध गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पले भेनेज्वेलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतिलाई अमेरिका ल्याएर मुद्दा चलाउने र भेनेज्वेलामा अर्को व्यवस्था नहोउन्जेल त्यहाँको सत्ता अमेरिकाले संचालन गर्ने घोषणा गरेका छन् । साथै, भेनेज्वेलाका सरकारी कर्मचारीहरुले मदुरोको पक्ष लिए भने तिनीहरुमाथि धेरै नराम्रो हुनेछ भन्ने धम्की समेत दिएका छन् । एउट सार्वभौम तथा स्वाधीन देशमाथि गरिएको सैन्य अतिक्रमण, त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतिलाई गरिएको गिरफ्तारी र…
Read More
निर्वाचन बहिष्कार गर्न ६ कम्युनिष्ट पार्टीहरूको संयुक्त सङ्घर्ष समिति

निर्वाचन बहिष्कार गर्न ६ कम्युनिष्ट पार्टीहरूको संयुक्त सङ्घर्ष समिति

काठमाडौँ : जेन्जी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीहरूले बहिष्कार गर्ने भएका छन् । ६ वटा कम्युनिस्ट पार्टीहरूले २०८२ पौष १८ गते संयुक्त विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । निर्वाचनलाई बहिष्कार गर्नका लागि जनतालाई आह्वान गर्दै संयुक्त विज्ञप्तिमा सीपी गजुरेल (महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल), धर्मेन्द्र बास्तोला कञ्चन (महासचिव ,नेकपा बहुमत), आहुति (महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल), महिन्द्र मल्ल (अध्यक्ष, नेकपा जनपक्ष), ऋषिराम कट्टेल (अध्यक्ष ,नेपाल कम्युनिष्ट पार्टी) र पूर्णबहादुर सिंह समरजंग (महासचिव, समाजवादी कम्युनिस्ट पार्टी नेपाल) ले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ । संयुक्त विज्ञप्ति…
Read More
निर्वाचन बहिष्कारको कार्यक्रमलाई जनताका मुद्दासँग जोडेका छौं

निर्वाचन बहिष्कारको कार्यक्रमलाई जनताका मुद्दासँग जोडेका छौं

–रवि पाण्डेय, जिल्ला सेक्रेटरीक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नवलपरासी १) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पौष ११ गते काठमाडौंमा १३३ औं माओ दिवसको सन्दर्भ पारेर जनसभाको आयोजना ग¥यो । उक्त जनसभाबाट तपाईहरुले के सन्देश दिन खोज्नु भएको हो ?–जेनजी नवयुवाहरुले कुशासन र सामाजिक संजाल बन्दका विरुद्ध भाद्र २३ गते विद्रोह गरेका थिए । जसलाई हाम्रो पार्टीले जनविद्रोहको रुपमा ग्रहण पनि गरेको छ । जेनजी नवयुवाहरुको त्यो विद्रोहलाई आम जेनजीहरुको भावना विपरीत मुठ्ठीभर कथित जेनजीहरुले साम्राज्यवादी विस्तारवादी योजनामा न्यायपूर्ण विद्रोहको दुरुत्साहन गरे । साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिक्रियावादको गठजोडबाट वर्तमान सुशिला कार्की नेतृत्वको सरकार बन्यो जसलाई हामीले कठपुतली सरकार भनेका छौं ।…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासंघको राष्ट्रिय भेला सम्पन्न

राष्ट्रिय उद्योग तथा व्यापार महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडाैँ : राष्ट्रिय उद्योग तथा व्यापार महासंघको राष्ट्रिय भेला ललितपुर कुपोण्डोलस्थित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालयमा २०८२ पौष १२ गते सम्पन्न भएको छ । शिव धिमालको अध्यक्षता, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य तथा इन्चार्ज दिनेश शर्माको प्रमुख आतिथ्यता र सागर भण्डारीको सञ्चालनमा भेला सम्पन्न भएको छ । भेलाले शिव धिमालको संयोजकत्वमा ११ सदस्सीय राष्ट्रिय उद्योग तथा व्यापार महासंघ नेपाल गठन गरेको छ । जसमा सहसंयोजक सागर भण्डारी, सदस्यहरुमा उत्तम अर्याल , गोविन्द राज पोख्रेल ,कर्नेया राना , बहादुर सिङ चाङ ,लालबहादुर मर्ड,राधाकृष्ण थापा ,सुमनसिङ गोतामे रहनु भएको छ । भेलाले ४नं क्षेत्रको संयोजकमा गोविन्दराज पोख्रेल ,१ नं क्षेत्रको संयोजकमा…
Read More
दक्षिण भोपाल नगर सम्मेलन सम्पन्न

दक्षिण भोपाल नगर सम्मेलन सम्पन्न

भारत : अखिल भारत नेपाली एकता समाज दक्षिण भोपाल नगरको १७ औ सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। २८ दिसेम्बर २०२५ मा अखिल भारत नेपाली एकता समाज दक्षिण भोपाल नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलन बिभिन्न खाले मुक्तिआन्दोलनका ज्ञात–अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धांजली अर्पित गर्दै सुरु गरिएको थियो । तीन सदस्य अध्यक्षमण्डल विष्णु रानाभाट, पूनम हमाल र सकिला थापा रहनु भएको भव्य उद्घाटन समारोहलाई संचालन समितिका सल्लाकार नरेश थापाले गर्नु भएको थियो । सम्मेलनमा शब्दद्वारा गीता थापाले स्वागत गर्नु भएको थियो भने गीतबाट जागृति सांस्कृतिक टोलीले स्वागत गरेको थियो । १७औ सम्मेलनलाई संगठनका केन्द्रीय उपाध्यक्ष एमंबी हमालले दीपक प्रज्वलित गर्दै…
Read More
राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट प्रतिभा पौडेल बहुप्रतिभाकी धनी

राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट प्रतिभा पौडेल बहुप्रतिभाकी धनी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले काठमाडौंको दशरथरंगशालामा पौष १० गते आयोजना गरेको ५१ औं दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको छात्रा प्रतिभा पौडेल राजनीतिशास्त्र तर्फ सर्वोत्कृष्ट घोषित भइन्। एमए राजनीति शास्त्रमा विश्विद्यालयको गोल्ड मेडलिस्ट घोषित भइन् । पदक र पुरस्कार हात पारिन् । उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । पौडेल अहिले विभागमै एमफिलकी विद्यार्थी समेत हुन् । प्रतिभा पौडेल अध्ययनमा मात्र अब्बल छैनिन् । उनी बहुप्रतिभाकी धनी छिन् । राजनीतिकर्मी र प्रगतिशील कलाकार उनको अन्य परिचय हुन् । उनी राजनीतिमा सक्रिय छिन् । उनी क्रान्तिकारी कम्प्युनिस्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आबद्ध छिन्…
Read More
अखिल (क्रान्तिकारी)ले एकताको राष्ट्रिय सम्मेलन गर्दै

अखिल (क्रान्तिकारी)ले एकताको राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं : सिपी गजुरेल नेतृत्वकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल नेपाल, राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले २०८२ फागुन १,२ र ३ गते काठमाडौंमा एकता सम्मेलन गर्ने निर्णय गरेको छ । विद्यार्थी संगठनका संयोजक महेश श्रेष्ठले २०८२ पुस ९ गते संगठनको २०८२ पौष १,२ र ३ गते बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न एक प्रेस वक्तव्य जारी गर्दै सो कुराको जानकारी गराउनु भएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ–“हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठक मिति २०८२ पौष १,२ र ३ गते संगठनका केन्द्रीय संयोजक क. महेश श्रेष्ठको अध्यक्षता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी…
Read More
जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नुको विकल्प छैनः दिनेश शर्मा

जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नुको विकल्प छैनः दिनेश शर्मा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ । पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीको संवाद डबलीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो । पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी दान्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए । “२०१५ सारलदेखि अहिलेसम्म चुनाव भए अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखिर उहि विदेशी कठपुतलित निर्वाचित भए, के अब यस…
Read More
रहेनन् क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरका नेता भरत ठकुल्ला (आकाश)

रहेनन् क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरका नेता भरत ठकुल्ला (आकाश)

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुर जिल्ला कमिटी सदस्य भरत ठकुल्ला (आकाश) को उपचारको क्रममा महाकाली अस्पतालमा पौष १४ गते राति ११ बजे असामयिक निधन भएको छ । कञ्चनपुर जिल्ला बेदकोट न.पा. २ बस्ने भरत ठकुल्लाको गत पुस ८ गते बाइक दुर्घटनामा परि उपचारको क्रममा हुनुहुन्थ्यो । पार्टीका पोलिटव्यूरो सदस्य शेरबहादुर देउवाले आफ्नो फेस बुक वालमा लेखेका छन्, “ उहाँको निधनले क्रान्तिकारी कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला मात्र नभएर सिंगो क्रान्तिकारी आन्दोलनमा अपूर्णण्ीय , अतुलनीय क्षति भएको छ र पार्टीले एउटा इमानदार, कर्मठ सिपाही गुमाएको छ। घरपरिवार बिचल्ली भएको छ । यस दुःखद क्षणमा सोकाकुल परिवारमा धैर्य धारणा गर्ने र…
Read More