
काठमाडौँ : बर्दियामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता तथा कार्यकर्ताहरु जनता सित श्रममा सक्रिय भएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला समितिले २०८२ चैत्र १० गते , बर्दिया गुलरिया नगरपालिका वडा नम्बर १ गाउँ नम्बर १४ कमलपुरमा पार्टीले लगाएको मसुरो खेती जनताको सहभागीतामा उखेल्ने कार्यक्रम सञ्चालन गरेको छ ।
जसमा जनताको उत्साह जनक उपस्थित रहयो ।देशमा जनताले चाहेको शासन व्यवस्था छिटो आउनुपर्छ भन्ने बारेमा छलफल गर्दै कार्यक्रम चलिरहेको पार्टीको ३ नम्बर व्यूरो ईन्चार्ज शेरबहादुर देउवाले बताएकाछन् ।