निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौं : नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व ने गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहाले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै पोजिसन स्पष्ट पार्न माग गरेका छन् । महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । उनले भने,“सरकारले आफ्नो पोजिसन क्लियर पारेर आओस हामी पनि त्यसको कडा प्रतिवाद गर्न तयार छौं ।”महासचिव दाहालले प्रधानमन्त्री कार्यालयबाट जारि भएको पत्रको निर्णय प्रक्रिया र वैधानिकतामाथि…