जन बिहानी

1496 Posts
प्रधानमन्त्री प्रचण्डले गर्याे मन्त्रीहरूलाई कडाइ, प्रधानमन्त्रीलाई दैनिक ब्रिफिङ गर्नुपर्ने

प्रधानमन्त्री प्रचण्डले गर्याे मन्त्रीहरूलाई कडाइ, प्रधानमन्त्रीलाई दैनिक ब्रिफिङ गर्नुपर्ने

काठमाडौँ : अबदेखि सङ्घीय मन्त्रीह्ररुले प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने व्यवस्था गरिएको बताए । ‘प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठुलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ’ प्रधानमन्त्रीले बैठकमा भने, ‘यो निर्णयले सबै मन्त्रीलाई काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।’ पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो…
Read More
ट्रेड युनियान महासंघको प्रदेश नम्बर १ को महत्वपूर्ण निणर्य गर्दै बैठक सम्पन्न

ट्रेड युनियान महासंघको प्रदेश नम्बर १ को महत्वपूर्ण निणर्य गर्दै बैठक सम्पन्न

अप्सरा बानीयाँ निरौला/सुनसरी : अखिल नेपाल ट्रेड युनियान महासंघ प्रदेश नम्बर १ को बैठक विभिन्न महत्वपूर्ण निणर्य गर्दै सम्पन्न भएको छ । सुनसरी जिल्लाको खनारमा बुधबार सम्पन्न बैठकले नजिकै आउदै गरेको मजदुर दिवस भव्य रुपमा सम्पन्न गर्ने र कारखाना जाऔँ भन्ने चार महिने मजदुर अभियान प्रदेश १ मा पनि तिब्र बनाउने निणर्य गर्दै सम्पन्न भएको हो । बैठकको प्रमुख अतिथि रहनु भएका पार्टीका केन्द्रिय सल्लहाकार समितिका सह–संयोजक कमल चौधरीले मजदुर दिवस तथा मजदुर महासंघले चलाएको ४ महिने अभियानलाई सानदार रुपमा सम्पन्न पार्न शुभकामना दिनु भयो । बैठकका अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियान महासंघका केन्द्रिय…
Read More
किन पक्राउ परे गायक राजेशपायल राईसहित तीन कलाकार

किन पक्राउ परे गायक राजेशपायल राईसहित तीन कलाकार

काठमाडौँ : मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Read More
ताइवानमा शक्तिशाली भूकम्प : भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते

ताइवानमा शक्तिशाली भूकम्प : भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते

ताइपेई : ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ । भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले…
Read More
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा

गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा

काठमाडौं : काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो । महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो । महानगरपालिका अनुसार धेरै उजुरी…
Read More
देशभक्त र वामपन्थी बीचको एकता, तर कसरी ?

देशभक्त र वामपन्थी बीचको एकता, तर कसरी ?

नेपालमा बेलाबखत बिचित्रका राजनीतिक घटनाक्रम देख्ने गरिन्छ भने र बिचित्रका भनाईहरु पनि सुन्न पाइन्छ । विदेशभक्तहरुले देशभक्तिको कुरा गरेको र दक्षिणपन्थीहरुले बामपन्थीको कुरा गरेको देखिनु आफैमा आश्चर्यको बिषय हो । ‘२४ औँ जेल ब्रेक स्मृति दिवस’का अवसरमा गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनगर्दै माओवादी केन्द्रका अध्यक्ष तथा देशका कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशभक्त र वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनु भएको थियो । खासरुपमा देशको समसामयिक राजनीतिक अवस्थालेगर्दा उहाँको ठम्याइ सही हो । तर दाहाललाई नै देशभक्त र बामपन्थी नेता मान्ने कि नमान्ने भन्ने बिषयमा बिवादहरु रहेका छन् । पछिल्ला दिनमा कतिपयले देशभक्त र बामपन्थीहरको…
Read More
उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

काठमाडौँ : नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ। जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो। बुधबारदेखि काठमाडौँको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ।आज देखि शुरु भएको जुत्ता महोत्सव को उद्घाटन उद्योग वाणिज्य महासंघ का वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अहिलेको विषम परिस्थितिमा देशमा जुन खालको आर्थिक मन्दीले छ, त्यसबाट माथि उठ्न हामीले आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सवले देश को…
Read More
क्रान्तिकारी ट्रेड यूनियन महासंघले भन्याे सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध जुधौं

क्रान्तिकारी ट्रेड यूनियन महासंघले भन्याे सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध जुधौं

काठमाडाैँ: अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले सैद्धान्तिक विचलन सहित प्रतिक्रियावादी षड्यन्त्रको सिकार भएका विरुद्ध लड्ने भएकाे छ । महासंघका केन्द्रीय संयाेजक दिनेश शर्माले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । विज्ञप्तिमा भनिएकाे छ 'सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुधौं !हामी शोषित उत्पीडितहरुको राज्यव्यवस्था स्थापनाको लक्ष्य सहित क्रान्तिकारी मजदुर आन्दोलन निर्माणको कार्यभार उठाइरहेका छौं । यसै सन्दर्भमा महासंघले कारखाना जाऔं अभियान अघि बढाएको छ । यस अभियानले क्रान्तिकारी शिविरमा उत्साह र गति पैदा गरेको छ भने संसदीय शिविरमा निराशा र छट्पटी यसबखत संसदीय शिविर विविध प्रकारका षड्यन्त्रको खेलमा लागेको छ र त्यो हाम्रो संगठनभित्र घुसेर विभिन्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

काठमाडौं : नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि तथा अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र २४ अर्थात् जनआन्दोलन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । यो पार्टीले यस पटक सातवटै प्रदेशमा विभिन्न कार्यक्रम गरी चैत्र २४ को जनआन्दोलन दिवसलाई एउटा राजनीतिक उत्सवको रुपमा मनाउने तयारी गरेको हो । प्रदेश १ ले इटहरीमा, प्रदेश ५ ले भालुवाङमा, प्रदेश ४ ले पोखरामा, प्रदेश ३ ले काठमाडौंमा, कर्णाली प्रदेशले सुर्खेतमा र सुदूरपश्चिम प्रदेशले कैलालीमा विशेष कार्यक्रमको आयोजना गरी जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले जनआन्दोलन दिवस मनाउनका लागि सबै पार्टी पंक्तिमा विशेष सर्कुलर…
Read More
१५ वर्षपछि किन र कसरी समातिए माओवादी नेता कालीबहादुर खाम ?

१५ वर्षपछि किन र कसरी समातिए माओवादी नेता कालीबहादुर खाम ?

काठमाडौं : तीन वर्षअघि नेकपा फुट्ने बेला केपी ओली र प्रचण्ड दुवैले आपसमा घोचपेच गर्दा सम्झेका पात्र थिए कालीबहादुर खाम । नेकपा विभाजनको संघारमा रहेका बेला १५ पुस २०७७ मा राजधानीमा आयोजित आफू निकटको सुदूरपश्चिम र कर्णाली प्रदेश भेलामा प्रथम वरियताका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डलाई अत्याउन खामको नाम लिएका थिए । ओलीले आफ्ना गृहमन्त्री रामबहादुर थापा बादललाई नजिकै राखेर खामको तुष्टि मेटाएका थिए, ‘यतिबेला म कालीबहादुर खामहरुलाई सम्झिरहेको छु । खोई कहाँ छन् कालीबहादुर खामहरु ? कसले संरक्षण गरेका छन् ?’ ‘पक्राउ नगर्दासम्म के न होला भन्ने थियो । तर पक्राउ गरिसकेपछि उहाँले पनि सामान्य रुपमा लिनुभयो ।…
Read More