काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला संयाेजक गाैरबहादुर देवकाेटाकी जीवन संगिनी सावित्रा देवकाेटाकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेकाे छ । पार्टीका संयाेजक माेहन वैद्य किरणले जारी गरेकाे वक्तव्यमा शाेक सन्तप्त परिवारजनप्रति गहिराे समवेदना व्यक्त गरिएकाे छ ।


वक्तव्यमा भनिएकाे छ, ” ताप्ली गाउँपालिका, वडा नं. ५ उदयपुर जिल्ला निवासी कमरेड सावित्रा देवकोटाको २०८१ असार २५ गते दुःखद निधन भएको छ । २००९ साल फागुनमा जन्मनुभएकी क. सावित्रा लामो समयदेखि मुटु रोगसँग सम्बन्धित समस्याबाट पीडित हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको सदस्य रहेर उहाँले देश र जनताको मुक्तिका लागि निसर्त योगदान दिंदै आउनु भएको थियो । उहाँ हाम्रो पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड गौर बहादुर देवकोटाकी जीवन संगिनी हुनुहुन्थ्यो । उहाँका पाँच छोरीहरु र दुई छोराहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना इमान्दार क्रान्तिकारी योद्धा गुमाउन पुगेको छ । दुःखको यस घडीमा हाम्रो पार्टी सावित्रा देवकोटा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेड गौर बहादुर देवकोटा सहित सम्पूर्ण परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”