काठमाडौं : एक हप्ता देखि नेपालमा लगातार परेको झरीले छाताको व्यापार बढेकोछ । बजारमा विभिन्न साइज र रङ्गका छाताहरू पाइन्छन ।सानो साइजका छाता सामान्यतया साढे तीन सय देखि सात सय सम्ममा बजारमा बिक्री भैरहेका छन् ।

एउटै छातालाई फरक फरक पसलमा मूल्य फरक हुँदा ग्राहकहरू मर्कामा परेको गुनासा सुनिन्छन ।एक ठाउँमा साढे तीन सयमा किन्न मिल्ने छाता अर्को ठाउँमा छ , सात सयमा बिक्री गरेका हुन्छन् । छाता पसले मात्र होइन छाता मर्मत गर्नेहरूको पनि अहिले राम्रै कमाई भइरहेकोछ । झरीमा थोत्रा बिग्रेका छाता बनाएर प्रयोग गर्नेहरूका लागि छाता मर्मत कर्ता यो झरीका सहयोगी बनेकाछन ।गत ११ महिनामा मात्र ७२ करोडको छाता आयात भएको बताइन्छ