काठमाडाैँ : कैलालीमा एक हजार जनामा डेङगी संक्रमण भएको छ । गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् ।
गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।विसं २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ ।
पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने डेङगी ,स्क्रप्स टाइपस जस्ता रोगको संक्रमण बढ्दो छ ।डेङगी हुँदा ज्वरो आउने ।कमजोर महसुस हुने ,रिङगटा लाग्ने ,खाना खान अरुची हुने जस्ता लक्षणहरु देखिन्छ ।यसबाट बच्न घरवरिपरि सफा राख्ने ,लामखुटटे फैलन नदिने ,पानीका खाल्डा खुल्डी पुर्ने ,झूल टाँगेर मात्रै सुत्ने गर्नु पर्दछ ।पछिल्लो समयमा डेङगी पहाडी सित्तल भूभागमा समेत बढ्दो छ । यसबाट बच्न सतर्कताको निकै आवश्यक छ ।