सामुदायिक विधालयले चर्को शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

रुपन्देही : बुटवल स्थित देशकै नमुना स्कुल मध्य एक मुख्य स्कुल कालिका मानवज्ञान नमुना माध्यमिक बिधालयले कक्षा ११मा नयाँ भर्नाको लागि भन्दै भर्ना र डिरेसको नाममा २१००० भन्दा धेरै सुल्क सबिधान बिपरित असुल गरेको छ।असुल गरेको शुल्कको पनि कुनै बिल तिरेको छैन। उक्त स्कुल को गतिविधिका बिरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले एक प्रेस बिज्ञप्ति जारी गर्दै कडा चेतावनी दिएको छ।उक्त बिज्ञप्ति

प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) आफ्‌नो स्थापनाकाल देखी राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजिविका, जनतन्त्र, स्वतन्त्रता र स्वाभिमानको पक्षमा निरन्तर संघर्षरत रहि दलाल संसदीय व्यवस्था र यसद्धारा निर्देशित वर्तमान शिक्षा प्रणालीको विकल्पमा आन्दोलन गर्दै शैक्षिक क्षेत्रका अनियमितता, भ्रष्टाचार लगायतका विकृति, विसंगतिका साथै शिक्षा क्षेत्रको निजीकरण, व्यपारीकरण, दलालिकरण, माफियाकरणको विरुद्धमा संघर्षरत रहेको कुरा सबैमा सर्वविदितै छ। यसै सन्दर्भमा रुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माविमा कक्षा ११ को भर्ना र डेसको नाममा चर्को शुल्क २१ हजार ५ सय ५० रुपैयाँ सविधान र कानुन विपरीत बिना बिल/रेकर्ड विधार्थी र अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क असुल गरेको प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । कक्षा ११ र १२ को नयाँ शैक्षिक सत्र सुरुभए सगै सामुदायिक तथा निजी शिक्षण संस्थाहरुले विधार्थीबाट विभिन्न शिर्षकमा चर्को शुल्क उठाउने अभिभावकले तिर्न नसक्ने गरि सामुदायिक विद्यालयले अभिभावक सहयोगको रुपमा चर्को शुल्क असुली गरि पढ्न पाउने अधिकारबाट बन्चित गर्ने, जस्ता अनैतिक र अवैधानिक गतिविधि गरिरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको छ । नेपालको सविधानको धारा ३१ को उपधारा २ मा व्यवस्था भए अनुरुप माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको भएता पनि कार्यान्वयन भएको अवस्था छैन ।

निम्न आयस्तर भएका नागरिकका छोराछोरी विधालय शिक्षाबाट बन्चित हुनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर राज्य आफैले संविधानमा व्यवस्था गरिएको निःशुल्क शिक्षाको प्रावधानका विरुद्धमा छ। हाम्रो संगठन यस्ता सबै खाले बिकृती, बिसंगती र गतिविधिहरुको घोर विरोध गर्दछ । शैक्षिक संस्थाले नियम कानून विपरित लिदै आइरहेको शुल्क तत्काल बन्द गर्न/गराउन चेतावनी गर्न चाहन्छौ। यदि शुल्क लिने कार्य बन्द नगरिए हाम्रो सगठन आन्दोलन गर्न बाध्य हुनेछ। आन्दोलनबाट आउने परिणामको जिम्मा सम्बन्धित निकाय नै हुने कुरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौ

क्रान्तिकारी अभिवादन सहित ।

२६ असार २०८१

मनोज थापा

अध्यक्ष

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?