विश्वकपमा आज नेदरल्यान्ड्ससँग नेपालले प्रतिस्पर्धा गर्दै
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मंगलबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि…