प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग बन्द गर

काठमाण्डौ : प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग जारी छ ।यो सहयोगलाई तत्काल बन्द गर्नुपर्ने माग राख्दै आयरल्याण्डको राजधानी डब्लिनस्थित बर्नाडो स्क्वायरमा प्रर्दशन भएको छ । स्वतन्त्र प्यालेष्टाइनको पक्षमा तथा इजरायली आक्रमणको विरोधमा सो प्रदर्शन भएको हो । आयरल्याण्ड प्यालेष्टाइन सोलिडारिटी क्याम्पइनले सो कार्याक्रमको आयोजना गरेको हो । प्रदर्शनकारीहरुले अमेरिकी हतियार गाजा क्षेत्रमा नरसंहारकोलागि प्रयोग भैरहेको बताउँदै अमेरिकाले इजरायललाई हतियार सहयोग गर्न बन्द गर्नुपर्नेकुरामा जोड दिएका छन् ।

प्यालेष्टाइनमाथि अमेरिकी सहयोगमा निरन्तर आक्रमण भैरहेको दश महिला भैसकेको छ ।गत वर्षको अक्टोबर सातदेखि निरन्तर रुपमा आक्रमण जारी रहेको छ। यो आक्रमणमा परी प्यालेष्टाइनी भूभाग र यहाँको भौतिक संरचना ध्वस्त हुन पुगेका छन् ।विस्थापितहरु निकै कष्टकर जीवन जिईरहेका छन् ।मारिनेहरुको संख्या चालिसहजार भन्दा माथि पुगेको छ भने घाईतेहरुको संख्याएकलाख पुग्न थालेको छ ।मारिनेमा महिला केटाकेटी बालबच्चाहरु धेरै रहेका छन् ।गाजामा आक्रमण रोक्नु पर्ने माग गर्दै भैरहेका प्रयासहरु असफल भेरहेका छन् । इजरायलले हमासलाई खोज्ने भन्दै आम सर्वसाधारणलाई खाली गर्न भन्दै आक्रमण जारी राखेको छ ।आक्रमणबाट उसले प्यालेष्टाईनी भूभाग पनि आफ्नो नियन्त्रणमा लिईरहेको बताईन्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?