गन्ध

कतै गन्ध

क्रान्तिको छ

कतै गन्ध

प्रतिक्रान्तिको छ

जुट्ने

फुटने

लुटने

गन्धहरु

पुराणको कथामा

पिगलाको स्वभावको

वेदको कथामा

व्यासको चित्रको

कम्युनिस्टको कथामा

माओको चरित्रको

दर्शनमा

सिद्धान्तमा

विचारमा

लोकराज नभएपछी

धुन्धुकारीहरु मष्ट गर्छ

हसिया हथैडामा

खिया लाग्यो

सुर्यमा

ग्रहण लाग्यो

रुखमा

धमिरा लाग्यो

क्रान्तिको नाउमा

प्रतिक्रान्तिको

ज्वालामुखी फुटाउने

कुल देवि

कुल देवले

ज्ञानको भण्डारमा

अज्ञानको पोको थुपार्छ

जनता जनार्धन

श्रीलंकामा हेर

बगलादेशमा हेर

महादेवले त्रिनेत्र उघारी

सत्ताधारी नेतृत्वमाथी

धावा बोलेको

बेला भयो

प्रतिक्रान्ती विरुद्ध

क्रान्तिकारीहरु

गाउँ

गाउबाट उठ

वस्ती

वस्तीबाट उठ

प्रतिक्रान्ति गन्धहरुमा

धावा बोल्न…..

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?