कावासोती : क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल नवलपुर जिल्ला अन्तरगत कावासोती नगरको नगर एकता अधिवेशन साउन ६ गते २०८१ का दिन भव्यताको साथ सम्पन्न भएको छ ।रक्तिम हर्केको सञ्चालन तथा सितलको अध्यक्षता ,शहिदहरुको सम्मानमा १मिनेट मौन धारण पछि दुर्गा अधिकारीको स्वागत मन्तव्य पश्चात् केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलले यानर पढेर नगर एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा मिलनले केन्द्रीय सर्कुलर वाचन गर्नु भएको थियो भने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रतिक्रियावादी जन विरोधि भ्रष्ट सरकार एवम् कहालीलाग्दो देशको अवस्था ,बाढीपहिरो आदिबारे प्रष्टाउदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण तथा पार्टी एकताको महत्त्वबारे प्रकाश पारेका थिए । मिलनले केन्द्रीय सर्कुलर वाचन गर्नु भएको थियो भने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक दिपक सितल संयोजक तथा रक्तिम हर्के सह संयोजक रहेको ३१ सदस्यीय कावासोती नगर संगठन समितिको घोषणा गर्नु भएको थियो ।
नयाँ संगठन समितिको घोषणा पश्चात् विशाल के .स. न्युजर्ज ,प्रताप र जोशी (जिल्ला सह संयोजक ) तथा परिवर्तन (जिल्ला सदस्य )ले एकता अधिवेशन सफलताको शुभकामना तथा निर्वाचित समितिलाई बधाई दिनु भएको थियो भने अध्यक्षको आसनबाट सितलले पार्टीले दिएको जिम्मेवारीलाई कडाइकासाथ पालन गरेर देखाउने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।