जन बिहानी

1497 Posts
अरुन्धती रोयलाई जेल हाल्ने प्रपञ्च गर्दै मोदी

अरुन्धती रोयलाई जेल हाल्ने प्रपञ्च गर्दै मोदी

काठमाडौँ : भारतकी विश्व प्रसिद्ध लेखिका अरुन्धती रोयमाथि सन २०१० नोभेम्बर २९ मा उनले कास्मिरको विषयमा दिएको अभिव्यक्तिलाई लिएर मुद्दा चलाउन खोजिएको छ । दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाले मुद्दा चलाउन अनुमति दिएको भारतीय सरकारको आधिकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ । दि हिन्दुका अनुसार गैरकानुनी गतिविधि रोकथाम ऐन १९६७ मा टेकेर अरुन्धतीलाई मुद्दा चल्ने भएको हो । उनले दिएको अभिव्यक्ति उत्तेजक भएको भन्दै उनलाई मुद्दा चलाउन लागिएको दावी गरिएको छ । अरुन्धती रायले कास्मिर कहिल्यै पनि भारतको अंग नभएको, कास्मिरलाई सैन्य बलले भारतमा गाभिएको र कास्मिरको स्वतन्त्र देशको हक भएको अभिव्यक्ति सन २०१० मा दिएको भिडियो समेत आएको भन्दै…
Read More
जी–७ को आर्थिक सम्मेलनमा युद्ध भड्काउने कुरा

जी–७ को आर्थिक सम्मेलनमा युद्ध भड्काउने कुरा

जी–७ को आर्थिक सम्मेलनमा राजनीतिक दाउपेचका कुराहरु भएका छन् । गत जुन १३–१५ ( जेठ ३१–असार १) सम्म दक्षिणी इटालीको अपुलिया क्षेत्रमा सो सम्मेलन भएको थियो । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सकासाथै युरोपेली संघका सदस्य राष्ट्रहरु सहभागी थिएभने नेपालको छिमेकी भारतलाई आमन्त्रित राष्ट्रकारुपमा सहभागी गराइएको थियो । जहाँ भारतका नव नियुक्त प्रधानमन्त्रि नरेन्द्र मोदी आफै सहभागी हुनुभएको थियो । जी–७ खासमा एक अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन हो । जसमा उपरोक्त सात प्रमुख विकसित देशहरु आबद्ध रहँदैआएका छन् । उक्त सम्मेलनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधिहरुले मुख्यत युक्रेन र गाजा युद्धलगायतका विषयमासमेत छलफल…
Read More
क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल र नेकपा (मशाल) भक्तपुरकाे एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल र नेकपा (मशाल) भक्तपुरकाे एकता अधिवेशन सम्पन्न

भक्तपुर : २०८१ बैशाख १९ गते क्रान्तिकारी दुई पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ( मशाल ) बिच पार्टी एकता भएपछी यही २०८१ असार १ गते पार्टी केन्द्रिय कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश संयोजक अटलको प्रमुख आतिथ्यमा भक्तपुर जिल्लाको दुई पार्टी बिच एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । उक्त अधिवेशनले बिश्वासको संयोजकत्वमा ३६ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । त्यसैगरि जिल्ला संयोजक बिश्वासको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन सहसंयोजक बिवेकले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै अर्का सहसंयोजक किरणले एकताले क्रान्तिकारीहरुमा नयाँ उर्जा पैदा गरेको बताउनु भयो । जिल्ला…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बर्दघाट नगर समितिको एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बर्दघाट नगर समितिको एकता

रवि पाण्डेय/नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बर्दघाट नगर समिति बीच बर्दघाट- २ चिसापानीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्ने तयारी स्वरुप पार्टी अगाडी बढेको उल्लेख गर्नु भयो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बागलुङको एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बागलुङको एकता अधिवेशन

पुर्ण गुरुङ/बागलुङ : नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिच बागलुङ जिल्लाको एकता अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले कामरेड रेशम गिरिको सम्योजनमा र कामरेडद्वय पुर्ण गुरुङ र मन बहादुर श्रीस सहसम्योजक रहेको ५१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बागलुङ जिल्ला सङ्गठन समिति घोषणा गरेको छ । एकता अधिबेशनको उत्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कडेलले पार्टीको झण्डा उठाएर गर्नुभएको थियो । उत्घाटन मन्तब्य राख्दै पार्टी एकताको सिलसिलेवार परिघट्ना र एतिहासिक आबस्यकताको बारेमा प्रकाश पार्नु भएको थियो । आज क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न भएको अबस्थामा भएको यो एकताले क्रान्तिकारीहरुलाई…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)गुल्मीकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)गुल्मीकाे एकता अधिवेशन

गुल्मी : गुल्मी जिल्लामा  २०८१ जेठ २९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(मशाल) बिच गुल्मी जिल्ला एकता अधिवेशन क. तेज कुमारी थापाको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ५ नं प्रदेश सहसंयोजक कृष्ण के.सीको प्रमुख आतिथ्यता अर्जुन तरामुको संचालन क.अविरलको स्वागत मा सम्पन्न भएको छ । शहिदहरु प्रति १ मिनेट मौन धारणबाट शुरु भएको कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज क.नरेन्द्र बहादुर थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य क.टीका राना र प्रदेश सदस्य क. संगिनले शुभकामना रहेका थिए । जिल्ला अधिवेशनले क. तेजकुमारी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रेकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रेकाे एकता अधिवेशन

प्रदिप अस्तानी/बनेपा,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रे बिच एकता अधिवेशन प्रशिक्षण तथा बैठक शनिबार बनेपामा सम्पन्न भएकाे छ। अधिवेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश नम्बर ३ संयोजक क. चन्द्रहरि सुवेदी (अटल)ले क्रान्तिकारी शक्तिहरुको एकताले पार्टी भित्र उर्जा थपेको बताउदै आफुहरु नै अहिलेको वैकल्पिक शक्ति भएकोले निराशा नबन्न कार्यकर्तालाई निर्देशन दिनु भयो। अहिलेको नयाँ जनबादी क्रान्ति हुँदै बैज्ञानिक समाजबादमा पुग्ने सबै भन्दा ठुलो शक्ति आफुहरु भएको दाबी गर्नु भयो। त्यसैगरि केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज क. सोमान सिंह तामाङले जिल्लामा केही साथिहरुले पार्टी छोडेर गए पनि संगठनमा खासै असर नपारेको बताउनु…
Read More
भारत ‘अतिक्रमित’ सुस्ता गाउँपालिकामा क्राकपा र मशाल बीच एकता

भारत ‘अतिक्रमित’ सुस्ता गाउँपालिकामा क्राकपा र मशाल बीच एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बीच सुस्ता -१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी जिल्ला सहसंयोजकद्व्य गणेश बहादुर ढकाल र भिम छ्न्त्यालले जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने समय आएको बताउनुभयो । कार्यक्रम सुस्ता पालिका संयोजक गोबिन्द बहादुर साठिघरे…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बिच कास्कीको एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बिच कास्कीको एकता अधिवेशन

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ( मशाल ) बिच कास्की जिल्लाको एकता अधिबेशन जेष्ठ ३२ गते सम्पन्न भएको छ । अधिबेशनले कामरेड सुजनको संयोजकत्वमा ७९ सदस्यीय जिल्ला सङ्गठन समिति निर्माण गरेको छ । त्यस्तै सहसम्योजकहरुमा कामरेड बिक्रम थापा, भिम श्रीस र रबिन्द्र राइलाइ चयन गरेको छ । एकता अधिबेशनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कंडेलले पार्टीको झण्डा फर्फराएर गर्नुभएको थियो । उद्घाटन मन्तब्य राख्दै यो पार्टी एकताले प्रतिक्रियावादी र सम्सदबादी शक्तिहरुको मुटुमा ढेङ्ग्रो बजाएको बताउँदै यो एकता बिगतको टुटेको कडिलाइ जोड्ने एकता समेत भएको र…
Read More
नरैनापुर गाउँपालिकाको एकता अधिवेशन सम्पन्न

नरैनापुर गाउँपालिकाको एकता अधिवेशन सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा(मशाल) विच नरैनापुर गाउँपालिकाको एकता अधिवेशन २०८१ जेष्ठ २५ गते सम्पन्न भएको छ ।धनवीर चौधरीको अध्यक्षता, संचालन जिल्ला सहसंयोजक तथा नरैनापुर गाउँपालिकाका इन्चार्ज प्रकाशले गरेका थिए । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश सह– संयोजक र बाँके जिल्ला इन्चार्ज कमरेड दिपकबहादुर शाही रहेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कमरेड परिवर्तन, केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह– संयोजक कमरेड कुसल, पार्टी प्रदेश न. ६ सदस्य कमरेड सागर, र विद्यार्थीका जिल्ला अध्यक्ष कमरेड तपेन्द्र चौलागाईं लगायत रहेका थिए । उक्त अधिवेशनले कमरेड धनविर…
Read More