धर्मेन्द्र बास्तोला ‘कञ्चन’

४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले आयोजना गरेको सुकुम्बासी विस्थापनका विरुद्ध विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उल्लेखित चारवटै कम्युनिस्ट पार्टीका नेताहरुले विना स्थायी विकल्प जबर्जस्त होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई विस्थापित गरिए देशव्यापी रुपमा सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय नेता प्रकाश खतिवडा, नेकपा (बहुमत)का नेता बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता रेशम थापामगर र नेकपाका नेता कृष्णहरि भट्टले यस्तो चेतावनी दिएका हुन् । नेताहहरुले संसदीय व्यवस्था भनेकै सुकुम्बासीहरु उत्पादन गर्ने व्यवस्था भएको भन्दै नयाँ जनवादी व्यवस्था हुँदै…
Read More
फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

काठमाडौँ : भारतबाट प्रस्तावित र गत वैशाखमा नेपाल सरकारबाट स्वीकृत फौजदारी मुद्दा सम्बन्धी नेपाल –भारत पारस्परिक कानुनी सहायता सम्झौतालाई नेपालका वामपन्थी राजनीतिक दलका नेताहरु र विषय विज्ञहरुले खारेजीको माग गरेका छन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले जेष्ठ २९ गते राजधानीमाआयोजना गरेको “सार्वभौमिकताको रक्षा र फौजदारी विषयमा नेपाल – भारत पारस्परिक कानुनी सहायता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रममा वामपन्थी पार्टीका नेता तथा विषयविज्ञहरूले सो माग गरेका हुन्। प्रस्तुत विषयमाथि बोल्ने वक्ताहरूले उक्त सम्झौता राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले नेपालका निम्ति बेठिक हुने भएकाले खारेज नै गर्नुपर्ने धारणा राखेका थिए। सन्तबहादुर नेपाली राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले…
Read More
धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

संयुक्त संघर्ष समितिले गर्याे निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल नेतृत्वको केन्द्रीय संयुक्त संघर्ष समितिले निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रमहरु घोषणा गरेको छ ।संयोजक गजुरेलले जारी गरेको वक्तव्यमा पहिलो चरणमा क) फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरु गर्ने । र, दोस्रो चरणमा– ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाण्डौ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा बहिष्कार सभाहरु आयोजना गर्ने । कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।वक्तव्यमा सुशीला कार्की नेतृत्वको…
Read More
भेनेजुएलाकै जस्तो खतरा हाम्रै आँगनमा ल्याउने डिजान छ : महासचिव सिपी गजुरेल ‘गाैरव’

भेनेजुएलाकै जस्तो खतरा हाम्रै आँगनमा ल्याउने डिजान छ : महासचिव सिपी गजुरेल ‘गाैरव’

काठमाडौं : भेनेजुएलाको सार्वभौमिकतामाथि अमेरिकाले गरेको सैन्य आक्रमणका विरुद्ध भेनेजुएलाका जनता तथा साम्राज्यवादका विरुद्ध भइरहेको विश्वव्यापी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सातवटा कम्युनिस्ट पार्टीका नेताहरुले सुशिला कार्की नेतृत्वको सरकारले गर्न लागेको चुनाव साम्राज्यवादी डिजाइनमा हुन लागेको भन्दै यो चुनाव कुनैपनि हालतमा हुन नदिने उद्घोष गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले भेनेजुएलामाथि अमेरिकाले थोपरेको अन्यायपूर्ण युद्ध भेनेजुएलाका जनताको न्यायपूर्ण युद्धबाट पराजित हुने दावी गर्दै नेपालमा पनि अमेरिकाले आफ्नो भूमिका घनिभूत रुपमा बढाइरहेकोले नेपाली जनतालाई त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले एमसीसी सम्झौतापछि अमेरिका नेपालमा एसपीपी सम्झौता गराउन लागिपरिरहेको भन्दै एसपीपी सम्झौतापछि नेपालमा…
Read More
नेपालमा अबको राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन

नेपालमा अबको राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन

काठमाडाैँ : नेपालमा अबको विकल्प राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन भएको एक कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीहरुका नेतृत्वहरुले बताएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समितिको आयोजनामा घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयोजित “वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा जेन्जी आन्दोलनपछि राजनीति निकै विषम स्थितिमा रहेको भन्दै यो विषम परिस्थितिमा देशका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु संवाद,सहकार्य,संयुक्त मोर्चा निर्माण गर्दै एकता,ध्रुवीकरणमा गएर देशको विकल्पको रुपमा अगाडि आउनु पर्ने र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु बताए ।देशमा पटक पटक क्रान्ति र परिवर्तनकोलागि नेपाली जनताहरुले संघर्ष र वलिदान गरेपनि नेपाली जनताको वास्तविक मुक्ति हुन नसकेको वक्ताहरुको भनाई रहेको थियो । भाद्र…
Read More
क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ “लुतो एउटा पिडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ । लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धीका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धी गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल…
Read More
कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

(२०८१ साउन २६–२९ मा सम्पन्न महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकमा क. किरणद्वारा प्रस्तुत तथा पारित दस्तावेज) “अन्तर्राष्ट्रिय स्तरमा र बेग्लाबेग्लै देशहरूमा सर्वहारा एकता केबल माक्र्सवादको आधारमा मात्रै सम्भव छ । अन्तर्राष्ट्रिय स्तरमा अवसरवाद–संशोधनवादको हालीमुहाली भएका बेग्लाबेग्लै देशहरुमा सर्वहारा वर्गको पंक्तिमा विभाजन अपरिहार्य बन्न पुग्दछ । कम्युनिस्ट आन्दोलनमा हरेक विभाजन निरपवाद रूपबाट अवसरवाद– संशोधनवादद्वारा माक्र्सवाद–लेनिनवादको विरोध तथा त्यसप्रति गद्दारी गर्नुको परिणामस्वरूप हुन्छ ।”— महान बहस माेहन वैद्य ‘किरण’, संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रिय कमरेडहरू,क्रान्तिकारी अभिवादन !उक्त उद्धरण सबैभन्दा ठुलो फुटपरस्त आधुनिक संशोधनवादी ख्रुश्चेभका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीद्वारा लेखिएको पत्रबाट लिइएको हो । यस उद्धरणमा उल्लेख भए अनुसार एकातिर संशोधनवादको हालिमुहाली…
Read More
‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शनिबार एक प्रेस वक्तव्य जारी गरी ‘कञ्चन समूह’लाई दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको जनाएको छ । वक्तव्यमा कञ्चन समूहले दावी गरेजस्तो पार्टी एकता असफल नभएको समेत स्पष्ट पारेको छ । पार्टी संयोजक किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “पार्टी एकतामा केही अवरोध पैदा भए पनि कमरेड कञ्चनले भनेझैं पार्टी एकता असफल भएको छैन । कतिपय कमरेडहरुले बहिर्गमनको बाटो पकडे पनि पूर्व नेकपा (बहुमत) को एउटा महत्वपूर्ण हिस्सा अर्थात् केन्द्रीय कार्यालयदेखि सचिवालय तथा एकता महाधिवेशन आयोजक समिति हुँदै प्रदेश, जिल्ला तथा पालिका तहसम्मका जिम्मेवार कमरेडहरु…
Read More
कमरेड धर्मेन्द्र बास्तोलाले अपनाएको तरिका बहिर्गमन हो : परी थापा

कमरेड धर्मेन्द्र बास्तोलाले अपनाएको तरिका बहिर्गमन हो : परी थापा

० नेपालमा भर्खरै दाहाल सरकारको ठाउँमा ओली सरकार आएकोछ । गठबन्धन परिवर्तन भएकोछ । लगातार सरकार परिवर्तन र गठबन्धन फेरबदलको घटनालाई कसरी मूल्याङ्कन गर्नु हुन्छ?– संयुक्त अधिराज्य (वेलायत) लाई संसदीय प्रणालीको जननीकारुपमा मानिने भएकाले सामान्यतः त्यहाँको संसदीय अभ्यास र प्रचलनलाई संसदीय प्रणालीको मानककोरुपमा लिने गरिन्छ । त्यहाँको प्रचलन अनुसार संसदीय प्रणालीलाई “वीनर टेकस् अल” अर्थात जित्नेले सबै लिने भन्ने मान्यता पनि रहेकोछ । त्यसको तात्पर्य जित्नेले राजकाजका सबै अधिकार लिने र पराजित हुनेले प्रतिक्षा गरेर बस्ने भन्ने हो। जसअनुसार पूर्ण बहुमत हासिल गर्ने दलले स्वतः सरकार गठन गर्न पाउँदछ । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेर त्रिशङ्कु संसद (हङ्ग…
Read More
पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले पार्टीलाई एकताबद्ध राख्न समग्र पार्टी पंक्ति, जवस मोर्चालाई अनुुरोध गर्नु भएको छ । संयोजक किरणले गुटवाद र फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध राख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्नु भएको छ । २०८१ श्रावण १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) ले एकता प्रक्रिया असफल भएको घोषणा गरेपछि संयोजक किरणको उक्त अनुरोध सहितको वक्तव्य प्रकाशित भएको हो । २०८१ श्रावण २ गते पार्टीका संयोजक किरणले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः“अनुकूल…
Read More