‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शनिबार एक प्रेस वक्तव्य जारी गरी ‘कञ्चन समूह’लाई दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको जनाएको छ । वक्तव्यमा कञ्चन समूहले दावी गरेजस्तो पार्टी एकता असफल नभएको समेत स्पष्ट पारेको छ ।

पार्टी संयोजक किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “पार्टी एकतामा केही अवरोध पैदा भए पनि कमरेड कञ्चनले भनेझैं पार्टी एकता असफल भएको छैन । कतिपय कमरेडहरुले बहिर्गमनको बाटो पकडे पनि पूर्व नेकपा (बहुमत) को एउटा महत्वपूर्ण हिस्सा अर्थात् केन्द्रीय कार्यालयदेखि सचिवालय तथा एकता महाधिवेशन आयोजक समिति हुँदै प्रदेश, जिल्ला तथा पालिका तहसम्मका जिम्मेवार कमरेडहरु निरन्तर रुपमा पार्टीको साथमा रहनु भएको छ । हामी पार्टीको राष्ट्रिय एकता महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने ऐतिहासिक अभियानमा प्रतिबद्ध रहिआएका छौं । साथै, हामीले सच्चा क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्दै जाने अभियानलाई पनि जारी नै राखेका छौं ।”

वक्तव्यमा भनिएको छ, “यस सन्दर्भमा २०८१ श्रावण ९ तथा १० गते सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा उक्त परिघटनाबारे आवश्यक निर्णय लिइएको छ । तदनुसार पार्टी एकताको महत्व तथा गरिमामाथि गम्भीर आघात पु¥याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचारधारात्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेकोले कमरेड कन्चन लगायत नेतृत्वका कतिपय कमरेडहरूलाई महाधिवेशन आयोजक समिति अर्थात् केन्द्रीय संगठन समिति सहित पार्टीका सबै जिम्मेवारीहरूबाट निष्कासन गरिएको छ । उहाँका चिन्तन तथा प्रवृत्तिबारे छिटै आयोजना गरिएको महाधिवेशन आयोजक समितिको बैठकमा विस्तृत समीक्षा गरिनेछ ।”

वक्तव्यमा गुटवादी तथा फुटवादी गतिविधि, चिन्तन तथा प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै तथा पार्टी एकतालाई सुदृढ तुल्याउदै राष्ट्रिय एकता महाधिवेशनलाई शानदार रुपमा सफल बनाउनका लागि सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक तथा परिवर्तनप्रेमी जनसमुदायसित विशेष तथा विनम्र अनुरोध गरिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :

“हालै २०८१ असार ११ देखि २६ गतेसम्म सम्पन्न राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकमा महाधिवेशनका लागि विभिन्न दस्तावेजहरु प्रस्तुत भई महाधिवेशनको तिथि मिति समेत निर्धारित गरिसकिएको अवस्थामा पार्टी एकतामा आबद्ध पूर्व ३ पार्टीहरू बीच वैज्ञानिक समाजवादमा जाने विषयमा समान धारणा रहेको र एकता भएपछि नयाँ जनवादी हुँदै समाजवादी क्रान्तिमा जाने वा तत्काल समाजवादी क्रान्तिमा जाने भन्ने विषयमा पार्टीभित्र बहस चलिरहेको बेला पार्टीले समाजवादी क्रान्तिको नीति अवलम्बन नगरेको भनी पार्टीका सहसंयोजक कमरेड कन्चनद्वारा सार्वजनिक गरिएको एउटा प्रेस वक्तव्यमा पार्टी एकता असफल भएको घोषणा गरिनु र उहाँ लगायत केन्द्रीय कार्यालय सहितका कतिपय कमरेडहरू पार्टीबाट बहिर्गमित हुनु निम्न पुँजीवादी अधैर्यमा आधारित अत्यन्तै अस्वाभाविक तथा अनअपेक्षित परिघटना हो । यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस सन्दर्भमा २०८१ श्रावण ९ तथा १० गते सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा उक्त परिघटनाबारे आवश्यक निर्णय लिइएको छ । तदनुसार पार्टी एकताको महत्व तथा गरिमामाथि गम्भीर आघात पु¥याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचारधारात्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेकोले कमरेड कन्चन लगायत नेतृत्वका कतिपय कमरेडहरूलाई महाधिवेशन आयोजक समिति अर्थात् केन्द्रीय संगठन समिति सहित पार्टीका सबै जिम्मेवारीहरूबाट निष्कासन गरिएको छ । उहाँका चिन्तन तथा प्रवृत्तिबारे छिटै आयोजना गरिएको महाधिवेशन आयोजक समितिको बैठकमा विस्तृत समीक्षा गरिनेछ ।
उक्त परिघटनाबाट पार्टी एकतामा केही अवरोध पैदा भए पनि कमरेड कञ्चनले भनेझैं पार्टी एकता असफल भएको छैन । कतिपय कमरेडहरुले बहिर्गमनको बाटो पकडे पनि पूर्व नेकपा (बहुमत) को एउटा महत्वपूर्ण हिस्सा अर्थात् केन्द्रीय कार्यालयदेखि सचिवालय तथा एकता महाधिवेशन आयोजक समिति हुँदै प्रदेश, जिल्ला तथा पालिका तहसम्मका जिम्मेवार कमरेडहरु निरन्तर रुपमा पार्टीको साथमा रहनु भएको छ । हामी पार्टीको राष्ट्रिय एकता महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने ऐतिहासिक अभियानमा प्रतिबद्ध रहिआएका छौं । साथै, हामीले सच्चा क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्दै जाने अभियानलाई पनि जारी नै राखेका छौं ।
अन्त्यमा, हामी गुटवादी तथा फुटवादी गतिविधि, चिन्तन तथा प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै तथा पार्टी एकतालाई सुदृढ तुल्याउदै राष्ट्रिय एकता महाधिवेशनलाई शानदार रुपमा सफल बनाउनका लागि सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक तथा परिवर्तनप्रेमी जनसमुदायसित विशेष तथा विनम्र अनुरोध गर्दछौं ।”

याे पनि पढ्नुहाेस् पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?