माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

हैदरावाद : अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणात्मक बैठक हैदरावादमा १२,१३ जुलाई २०२५ सम्म भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सुदृढीकरण, नेतृत्व विकास, भावी रणनीति, एकता र जनसंपर्क विस्तारका विषयमा यस बैठकले महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ।बैठकको अध्यक्षता आनन्द थापाले , सञ्चालन महासचिव महेन्द्र बश्यालले गर्नुभएको थियो। अतिथिहरू क्रमश सन्त बहादुर नेपाली, हरि भक्त कडेल, विशेष अन्य अतिथिमा खगेश्वर शर्मा, र कृष्ण केसीको उपस्थिति रहनु भएको थियो।कार्यक्रमको प्रारम्भमा शहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन।नोभेम्बर–डिसेम्बर २०२५ भित्र सम्पूर्ण भारतव्यापी रूपमा नगर सम्मेलनहरू सम्पन्न गर्ने अर्थात ,फेब्रुअरी–मार्च २०२६ भित्र…
Read More
साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ : देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमण तथा इरानमाथि साम्राज्यवादी आक्रमणको विरोध गर्दै काठमाण्डौमा विरोध प्रदर्शन सम्पन्न भएको छ । दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंङ श्रीसले साम्राज्यवाद भनेकै युुद्ध हो र साम्राज्यवादको अन्त्य नहुँदासम्म कुनै न कुनै रुपको युद्ध चलिरहने बताउनु भयो । वहाँले साम्राज्यवाद अत्याचारी हुने ,शोषणमा आधारित हुने ,कमजोर देशलाई शोषण दमन गर्ने ,कमजोर देशका प्राकृतिक सा्रेत साधनहरु लुट्ने भएकाले युद्ध चलिरहन्छ भन्नुभयो ।…
Read More
भ्रष्टाचार विरुद्ध अभियान

भ्रष्टाचार विरुद्ध अभियान

-सीपी गजुरेलसामान्यतया भ्रष्टाचार भनेको व्यक्तिगत लाभका लागि सामाजिक मूल्य मान्यतालाई परित्याग गरी गरिने क्रियाकलाप हो । घुस लिने र दिने कुरालाई मात्र भ्रष्टाचार भन्ने मानिसहरुले बुझ्ने गर्दछन् । भ्रष्टाचारको अर्थ केवल घुसमा मात्र सीमित छैन । समग्र भ्रष्ट आचरण भ्रष्टाचार हो । प्रतिक्रियावादी संरचनामा कानुन् ,नीति ,नियम बनाउँदा भ्रष्टाचार गर्न मिल्ने ठाउँ राखिएको हुन्छ । त्यसलाई नीतिगत भ्रष्टाचार भनिन्छ ।गत जेष्ठ ६ देखि ८ गते सम्म हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरोको बैठक बसेको थियो ।त्यो बैठक र त्यसपछिको स्थायी समितिको समेत बैठकले भ्रष्टाचार विरुद्ध अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । पि.बि. र स्थायी समितिको बैठकको निर्णय अनुसार…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

काठमाडाैँ: देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमणको विरोध गर्न २०८२ असार २७ गते विरोध प्रदर्शन गर्ने भएका छन् । १४ पार्टी तथा समुहहरुको २०८२ असार २४ गते बसेको बैठकले सो निर्णय गरेको हो । असाढ २७ गते दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभा गरिने जाइएको छ । सो सभालाई १२ दल र दुइ अभियान समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सो कुरा बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य दिनेश शर्माले हाँकलाई बताएका हुन् । उक्त सभा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी…
Read More
अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

– प्रकाश वि.क. अछाम को तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवन स्थित श्री कामेश्वर माध्यमिक विद्यालय छ । जहाँ म कक्षा १० सम्म अध्ययन गरेको थिएँ। जुन स्कुलमा थुप्रै ठाउँबाट अध्ययन गर्न विद्यार्थीहरु गाउँको उकालो र ओरालो गर्दै भिरको बाटो हिड्नु पर्छ। यति मात्र होइन सधैं जङ्गलको बाटो हिड्दा जङ्गली जनावर समेतको डर हुन्छ। कामेश्वरी मा. वि. विद्यालयमा रामखोला, गैलडा, बाँडेपानी, तलौनी, कवलतोली, कालासेन लगायत वडा नं ८ पल्चोड समेतका विद्यार्थी भाइ, बहिनीहरु समेत पढ्न आउँछन। गाउँको स्थिति र गरिबीको कारण पनि हुन सक्छ सायद विद्यार्थी खासै न पढ्ने र सानो उमेरमा नै भारत जाने गर्न थाले। त्यसैले पनि कक्षा…
Read More
सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा हुँदै आएको मासिक कार्यक्रम ‘सिर्जना र संवाद’को ११औं शृङ्खला हिजो शनिबार प्रतिष्ठानकै हल घट्टेकुलोमा सम्पन्न भएको छ । कुनै पनि कृति, कविता वा समसामयिक विषयमाथि विमर्श गर्ने गरिएको यस कार्यक्रमको हिजको शृङ्खलामा विशेष गरेर कविता वाचन र गीत प्रस्तुत गरिएको थियो । प्रतिष्ठानकी सदस्य गौरी देवकोटाको संयोजनमा हरेक महिनाको तेस्रो शनिबार २ बजे हुँदै आएको यस कार्यक्रममा शनिबार आयोजित ११औं शृङ्खलामा २४ जना स्रष्टाद्वारा सिर्जना प्रस्तुत गरिएको थियो । सिर्जना प्रस्तुत गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, प्रा.डा. जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, मोदनाथ मरहट्टा, छायाँदत्त न्यौपाने, बलराम तिमल्सिना, गौरी देवकोटा, अग्नि पौडेल, आस्था घिमिरे, मनु…
Read More
तीन फरक कविता

तीन फरक कविता

कविता  जगदीश चन्द्र हजुर सांसद हजुर सांसदनिस्किहाल्नुस्घरबाटर कतै लुक्न जानुस् तपाईंका सचिवसमातिएतपाईंका पिएर तपाईंका सुपुत्रसमातिन सक्छन्हजुर सांसदतपाईंका प्रधानमन्त्रीगृहमन्त्रीतपाईंकै लहरमा छन् हजुर सांसदअब भनिदिनुस्यस सत्तामाम जस्तै छन्सबै भ्रष्ट दलाल । बाँकी तजनता छन्र तिनीहरू मात्रजनता हुन्छन्तिम्रो सत्ता विरुद्धहतियारको औंलातिखारी रहन्छन्् । संसद केही थान भेडाजो हिजो अस्तिकोघाँसभुसा र दानाकोस्वप्न देखिरहेछन् । दरबारमा पालिएकाबचेखुचेकाकेही थान गधाहरूसंसदमादरबारी रागकर्कश लय मार्फत्मानिसहरूका कानमाजबर्जस्ती पसाइ रहेछन् समयको आगोमाजलिसकेकाकाठका ठुन्काठुन्कीबेकारमाखरानी भइसकेपछि पनिसास फेरिरहेछन् । दुनियाँकोशरीरलाई चाटेरमस्तिष्कलाई भुटेर खानेओ जनाबर !तिमीहरू संसदमाकतिवटा खुट्टामाउभिएका छौ ? घाँस भेडा र संसदआपसमावार्तालापमा छन्केही मूर्खअतीतजीवी भनेतमस्वप्नमाउछलकुद गरिरहेछन्् । भेंभें ! हामीकहाँ पनिमाथिदेखि तलसम्मतल बडादेखि केन्द्रसम्मथरिथरिका रङ्गकाभेंडाका नस्ल छन् केही दौरासुरुवाललगाउँछन्केही धोतीकुर्तामासजिन्छन्केही अन्य…
Read More
साहित्यकार रविको “संघर्षको मैदानबाट” मुक्तक संग्रह

साहित्यकार रविको “संघर्षको मैदानबाट” मुक्तक संग्रह

काठमाडौं : रवि पाण्डेय (विकल्प) ले “संघर्षको मैदानबाट” शीर्षक मुक्तक संग्रह लेखेर प्रगतिवादी साहित्य भण्डारमा एउटा इँटा थपेका छन् । यस कृतिमा जम्मा ४० वटा मुक्तकहरू संकलन गरिएको छ । मुक्तकका शब्दहरूले सशस्त्र संघर्षको झल्को दिन्छन् । पुस्तकभित्रका मुक्तकहरुले नेपालमा गणतन्त्र स्थापित भैसकेपछिका ब्यथितिहरुको तस्बिर राम्रै सित चित्रण गरेका छन् । नेपालमा १० बर्षसम्म चलेको जनयुद्ध र २०६२/ २०६३ को जनान्दोलनको जगमा स्थापना भएको गणतान्त्रिक राज्य व्यवस्थाभित्र मौलाएको भ्रस्टाचार, चाकडीप्रथा, घुसखोरी, आफन्तबाद जस्ता बिकृतिहरुलाई यस कृतिमा उदाङ्गो पारिएको छ । साथै रास्ट्रबाद – देशप्रेम पनि यस कृतिमा झल्किएका छन् । मुक्तकका लेखक रविले नेपाली समाजमा व्याप्त सामाजिक बिकृतिहरुमाथि चोटिलो प्रहार गरेका…
Read More
आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

काठमाडौँ : क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले साम्राज्यवादी सैन्य गठबन्धन नर्थ एटल्यान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) लाई विघटन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यससँगै आइकोरलाई बलियो बनाएर मात्र विश्व शान्ति कायम गर्न सकिने धारणा राखिएको छ । आइकोरको ब्यानरमा विश्वभरिका २७ ओटा पार्टी तथा सङ्गठनले जुन २७, २०२५ का दिन जारी प्रस्तावमार्फत् सो आह्वान गरिएको हो । आइकोरमा नेकपा (मसाल) पनि सदस्यको रूपमा रहेको छ । सो प्रस्तावमा मसालले पनि हस्ताक्षर गरेको छ । युक्रेन–रुस युद्ध, प्यालेस्टाइन र इरानमाथि इजरायली युद्धसहित अमेरिकाले विश्वभरि युद्ध चलाइरहेको बताउँदै प्रस्तावमा त्यसको नेतृत्व नेटोको रहेको विचार व्यक्त गरिएको छ । प्रस्तावमा नेटो…
Read More
क्रान्तिकारी किसान महासंघ नेपाल दाङको भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा चयन

क्रान्तिकारी किसान महासंघ नेपाल दाङको भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा चयन

दाङ,घोराही : असार २० गते, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल दाङ जिल्ला संगठन समिति गठन भएको छ । संगठनका अध्यक्ष मान बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा क्रान्तिकारी किसान महासंघ नेपालका केन्द्रीय सल्लाहकार नन्दराम रोका प्रमुख आतिथि हुनुहुन्थ्यो । प्रमुख आतिथि नन्दराम रोकाले किसानका समस्याहरुबारे प्रष्ट पार्दै दलाल संसदीय ब्यबस्थाले किसानलाई समयमै मल बीउ सिचाइ कृषि प्रबिधि उपलब्ध गराउन नसकेको र किसानका समस्याबारे मौन रहेकोले यसका बिरुद्ध किसान जागरुक भई अगाडि बढनुपर्ने कुरा बताउनु भयो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इञ्चार्ज अटलले देश दलाल फासिबादी राज्यब्यबस्था भएकोले किसानका आबश्यकता भन्दा दलाल जमिन्दारका…
Read More