इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस भव्य रुपमा सम्पन्न
काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ भव्य रुपमा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा चार जना स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । इच्छुक स्मृति पुरस्कारबाट संयुक्त रुपमा सरला रेग्मी (दाङ) र नुमराज बराल(कास्की)लाई पुरस्कृत तथा सम्मानित गरियो भने इच्छुक प्रतिभा पुरस्कार अन्तर्गत साहित्यतर्फ तिर्थबहादुर तामाङ (पेमा) (भोजपुर) र कलातर्फ असल तामाङ वाईवा(सिन्धुपाल्चोक)लाई पुरस्कृत तथा सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक एवम् बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले अबिर, दोसल्ला र सम्मान पत्रसहित पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । सम्मानित तथा पुरस्कृत हुनु भएका स्रष्टाहरुले…