मानवताको कलंक जातपात र छुवाछुत विभेद हुन्

हाम्रो देशका दलित भनिएका र बनाईएकाहरु प्राविधिक हुन् । उनीहरु प्रविधिलाई प्रस्फुटन गरी त्यसमा कला भरेर, पसिना छरेर, पसिना पोखेर सामानहरु उत्पादन गर्ने र समाजलाई अगाडि बढाउने कामको नेतृत्व र काम गर्दै आएका समाजको उच्च ज्ञानका धनी मानिसहरु हुन् । जुनसुकै अवस्थामा आफूले जानेको प्रविधिको प्रयोग गरेर सीपको समाजमा योगदान दिएका मान्छेहरुलाई यो समाजले सक्दो शोषणमा पारेर राख्यो । समाजले तल्लो जाति भनेर अछुत बनायो । उनीहरुलाई समाजबाट बहिस्कार गर्ने, उनीहरुलाई अस्वीकार गर्ने गर्दै आयो। उनीहरुलाई मात्र होईन उनका छोराछोरी शाखा सन्तान समेतलाई अछुत बनाएर राख्यो ।

समाजमा सिर्जनाको काम गर्नेहरुलाई समाजले अछुत बनायो । समाज तथा राज्यले उनीहरुलाई सँधै पछाडि राख्दै आयो । राज्यले उनीहरुलाई संधै अछुत बनाउँदै आयो। समाजमा अछुत बनाउनु हुँदैन भनेर संघर्षलाई अगाडि बढाएपनि उनीहरु अधिकार विहीन रहेका छन् । अहिले उनीहरुमाथि जातीय विभेद ,छुवाछुत वहिस्करण ,अपमान कायमै रहेको छ । उनीहरुले अपनाएको पेशाले समाजमा योगदान पु¥याएपनि उनीहरुमाथि भएको शोषण उत्पीडन जो भोग्ने हो उसैलाई मात्र थाहा छ । उनीहरुलाई मान्छे भएपनि मानिस समेतको व्यवहार समाजले गर्न सकेन । समाजले मान्छे नै भनेन ।अछुत भनेर राख्यो ।उनीहरुको प्रविधिलाई अगाडि बढाउन राज्यले केही काम गर्न सकेन । प्रविधिलाई जोगाएर राख्नुको सट्टा उनीहरुको कामलार्ई सम्मानको सट्टा उल्टै कर्मीलाई सिल्पकारलाई अछुत बनायो । कला र गला भएकाहरुलाई समाजले अछुत बनायो । उनीहरुको पेशालाई संरक्षण गर्नुको साटो , पेशा अपनाएकाहरुलाई संरक्षण गर्नुको साटो समाजले उनीहरुलाई संधै अछुत बनायो । प्रविधिलाई अछुत बनायो । अहिले जस्तो विजुलीको प्रयोग थिएन । अछुत बनाईएकाहरुले कति परिश्रम गरेर जंगलमा गएर कुन दारको गोल बन्छ ? भनेर चिनेर गोल बनाएर ल्याई फलाम ,तामा ,सुन ,ढलौट , पित्तल , चाँदी ,सिलौटलाई गालेर पगालेर त्यसमा पसिना पोखेर राम्रा राम्रा समजलाई काम लाग्ने समान बनाएर दिनु पर्दथ्यो । त्यो परिश्रम निकै लगाउनु पर्दथ्यो । निकै दुःख गर्नु पर्दथ्यो ।तर उनीहरुले पाउने पारिश्रमिकमा भने ठगिएका हुन्थे । अहिले सामान सजिलै बन्दछ , विजुली र प्रविधिको प्रयोग गरी सजिलै सामान बन्न सक्दछ । अहिले उद्योग र यातायातको विकासले गर्दा सजिलै आवश्यक सामानको उपलब्धता हरेको छ । विदेशी कम्पनीका समानहरुले बजार खाएको छ । अछुतहरुले बनाउने लूगा, जुत्ता शिर देखि पाउ सम्मका समानहरु सबै कम्पनीहरुले बनाउने गरेका छन् । अरु जातिले पनि अछुत बनाईएका हरुको पेशालाई अपनाउने गरेका छन् । यो बेलाको कुरा अर्कै भयो ।तर जतिबेला प्रविधि केही नभएको समयमा जुन अछुतहरुले समाजलाई अगाडि बढाउन योगदान पु¥याए त्यसको कही कतै हिसाब हुन सकेको छैन । भनिन्छ मानव समाज विकासको योगदानमा सबैभन्दा ठूलो योगदान हलोमा प्रयोग हुने फालीको विकास हुनु थियो । यसले कृषि कर्मलाई सजिलो बनाउनुको साथै बढि उत्पादन पनि गरायो । बढि उत्पादन भएपछि मानवले भोकै मर्नु पर्ने भएन ।कृषि औजारहरुको निर्माणले समाजलाई अगाडि बढाउन निकै योगदान पु¥यायो । तर जसले योगदान पु¥यायो उनीहरुलाई समाजले सँधै पछाडि पा¥यो । प्रविधिलाई जोगाउने र सम्मान गर्ने कुरामा राज्य, समाज दुवैको ध्यान जान सकेन ।

लेखक : मनु विक

जो समाजलाई अगाडि बढाउन योगदान पु¥याए ,जुन प्रविधिले समाजलाई अगाडि बढाउन मद्दत ग¥यो उनीहरुलाई अछुत बनाएपछि समाज कसरी अगाडि बढ्न सकोस ? समाजले जति प्रगति उन्नति गर्नु पर्ने हो त्यो नभएर संधै पिछडिएको चिन्तन बोकेर समाज चल्दै चलाउँदै आए । समाजले प्रविधि र प्राविधिकलाई सम्मान गर्नु पर्दथ्यो ।उनीहरुको कला र पेशालाई सम्मान गर्नु पर्दथ्यो । सम्मान मात्रै होईन संरक्षण पनि गर्नु पर्दथ्यो तर यो कुरा हाम्रो देशमा हुन सकेन । हाम्रो देशका शासक या समाजका जान्ने बुझ्ने भन्नेहरुले यो गर्न सकेनन् । अछुत बनाईएकाहरुले जति जति गरे त्यो आफ्नै बलबुतामा गरे । आफ्नै पहल कदमीमा गरे तर सिर्जनालाई मर्न दिएनन । अछुत नै भए तर आफ्नो सिर्जनालाई मर्न दिएनन् । समाजबाट बहिस्करणमा परे तर आफ्नो कामलाई मर्न दिएनन् । समाजमा सक्दोरुपमा कला, गला दिएर योगदान पु¥याए । उनीहरुले बनाएको समान समाजमा चल्यो । उनीको कलालाई समाजले मन परायो तर उनीहरु अछुत भए ।

अहिले समाजमा दलित बनाईएका दलितहरुका सन्तानले परम्परागत कामलाई अवलम्वन गर्नुको सट्टा छोडेर हिँडेका छन् । आफ्ना पूर्खाले सम्हालेको पेशालाई उनीहरुले वेवास्ता गरेका छन् । समाजमा अछुत बनाईएकाहरुले निर्माण गरेका सामानहरु अहिले विदेशीले बनाएर पठाएका छन् । त्यही सामान प्रयोग गर्ने देश भएको छ । प्रविधि प्राविधिकलाई बुझेको भए यस देशमा आफैले उत्पादन गरेको सामान प्रयोग गर्न पाउने थिए । देशले सक्दो प्रगति गर्ने थियो । अहिले जमना प्रविधिको रहेको छ ,प्राविधिकको रहेको छ । यो भन्दा सयौं वर्ष अगाडि प्रविधिको काम जानेको देश नेपाल र नेपाली रहेछन् । समाजले अछुत बनाएका भनिएकाहरु रहेछन् । तर उनीहरुलाई समाजले प्रोत्साहन होईन अछुत बनाएर राख्यो ,हेलाहोचो गरेर राख्यो । उनीहरुले जानेको सीपलाई प्रयोग गरेपनि जो जसले गरेका छन् उनीहरुलाई अछुत बनायो ।

यसको परिणाम देश प्रविधि र प्राविधिक रुपमा पछि पर्दै गयो । देशले चिन्न नसकेपछि केही उन्नति प्रगति हुन सकेन । देशले प्रविधि र प्राविधिकलाई संरक्षण गर्नुका साथै समय परिस्थिति अनुसार स्तर उन्नति गर्ने ,प्रविधिलाई खास विशेष बनाउनु पर्ने थियो । प्रविधिको काम गर्ने दाजुभाई, दिदी बहिनीलाई सक्दो रुपमा देश विदेशमा तालिमको व्यवस्था गर्नुकासाथै समयानुकूल बनाउँदै लैजान सक्नु पर्दथ्यो । उनीहरुले अपनाउँदै आएको पेशालाई व्यवस्थित बनाउन सबै हिसाबले साथ सहयोग गर्नु पर्दथ्यो । तर देशका शासकहरुले प्रविधि र प्राविधिकलाई पछि राखेर आफूमात्रै बाँच्ने गरी देशको साधनस्रोतको दोहन गरी बसे । प्रविधिलाई समाजमा अछुत देखेपछि सत्तामा पुगेपनि उनीहरुको दिमाखमा परिवर्तन हुन सकेन ।परिवर्तन क्रान्तिका कुरा गरेपनि उनीहरुको दिमागमा देशमा प्रविधि जानेका मान्छे छन् । उनीहरुलाई संरक्षण गर्नु र उनीहरुको स्तर उन्नति गर्नु पर्छ भन्ने कुरा सोच्न सकेनन् । अछुत बनाएपछि उनीहरुको समस्या समाधानको कुरा कहाँबाट आओस ? जसलाई समाजमा मान्छे हुन सम्मको व्यवहार नगर्ने भएपछि उनीहरुको बारेमा समाजमा आफूलाई ठूला भनाउँदाले किन सोच्नु प¥यो ? उनीहरुको पेशाको बारेमा किन बोल्नु प¥यो ? सोच्न बोल्न आवश्यक ठानिएन , बोलिएन ।

यसले देशमा प्रविधि जानेका प्राविधिकहरु हतोत्साही हुने नै भए । प्राविधिकहरु पछाडि पर्ने नै भए । देशमा विदेशीहरु आएर काम गर्ने भए । समानहरु विदेशी ल्याउन पर्ने भयो । व्यापार विदेशी सामानले हुने भयो । अहिले व्यापारको सबै जसो हिस्सा विदेशी सामानले भरिएको छ । आफ्नो सीप प्रयोग गरी बनेका सामानहरु वर्षौंसम्म पनि बिक्री हुन नसकेर रहेका छन् । सामानहरु विदेशी किन्न बाध्य राज्यले पारेको छ । राज्यका संचालकहरुले राजस्वको संकलनको लागि विदेशी सामानहरु खुला रुपमा भित्रिन दिईरहेका छन् । यसले अछुत बनाईएकाहरुले बनाएको सामानहरु बिक्री हुन सकिरहेको छैन । अब घरमा प्रयोगहुने सामानहरु पुरै आयातित तथा कम्पनिहरुको हुने भए । अछुतहरुले बनाएको सामानहरु अब प्रयोगमा आउन निकै गाह्रो छ । जस्तै घरमा पकाउनकालागि चाहिने कसौंडीको अब काम छैन । किनकि विजुलीमा पकाउनकोलागि त्यस्तै सामान चाहिने भएको छ । त्यसरी बजारले चाडै नै उनीहरुको कलालाई काम नलाग्ने बनाउँदै छ ।

यो प्रविधि जानेका मान्छेलाई समयानुकूल तालिम र उत्पादनमा नयाँपन ल्याउने विधि नसिकाउनु साथै संरक्षण र सम्मान नगर्नुको परिणाम हो । नत्र उनीहरुले बनाएको सामानमा विजुलीको प्रयोगमा पनि कामलाग्ने बनाउने क्षमता भएको भए समयानुकूल आफ्नो पेशालाई समयानुकुल बनाउन ध्यान दिन सकेनन् । अहिले त्यसको परिणाम देशले विदेशी सामान किन्नु परेको छ । देश आत्म निर्भर होईन विदेशी सामानमा भर पर्ने स्थितिमा पु¥याईएको छ । नेपाली समाजमा प्रविधि जानेका मान्छेहरु धेरै थिए । माटोबाट फलाम निकाल्न सकिन्छ भन्ने ज्ञान लिएका मान्छेहरु , सुनखानी ,तामाखानी खानीहरु चिनेका मान्छेहरुलाई समाजले अछुत बनायो ।

अब यसो गर्नु हुँदैन ।जति समाजले प्रविधि र प्राविधिकलाई अछुत बनायो त्यो ठूलो कमजोरी थियो । समाजले चिन्न नसकेर यो सबै भएको थियो । अब समाजमा राजनीतिक परिवर्तन आएको छ ।कानुनी रुपमा मानिसलाई अछुत बनाउन हुँदैन भन्ने कुरा पनि भएको छ । यो अवस्था भएपनि समाजमा छुवाछुत विभेद कायमै रहेको छ । यसको अन्त गर्न सबै समुदाय लाग्नु पर्दछ । मानवताको कलंक जातपात र छुवाछुत विभेद हुन । त्यो संगै देशले प्रविधि र प्राविधिकलाई चिन्न सक्नु पर्दछ । परम्परागत सीपलाई संरक्षण गर्न र प्राविधिक दक्षताको विकासमा राज्यले लगानी गर्नु पर्दछ । पुरानो सीप कलालाई जोगाउन राज्यले ध्यान दिनु पर्दछ । प्राविधिक र प्रविधिलाई अछुत बनाउँदा देशको अवस्थामा परिवर्तन हुन नसकेको कुरा मनन गरी परिवर्तन हुन सक्नु पर्दछ ।प्रविधि र प्राविधिकलाई संरक्षणका साथै सम्वद्र्धन गर्न समाज र राज्यले ध्यान दिनु जरुरी छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?