क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँचीकाे एकता अधिवेशन

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँची जिल्लामा एकता अधिवसन २०८१ जेठ २० गते सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका सहसयोजक कृष्ण केसीले सम्बोधन गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी विदेशी शक्तिहरुको कसरत भइरहेको बताए ।

देशको राष्ट्रिय स्वाधिनताको विषयमा पटक पटक सरकारमा गएका कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको एकता हुनुपर्ने कुरामा जोड दिए । नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आवाज बुलन्द गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य अर्जुन,केन्द्रीय सदस्य कौडिल्य,ओबिराम,केन्द्रिय तथा जिल्ला ईन्चार्ज हुकुम खड्का केन्द्रीय सल्लाहकार पिताम्बर भट्टराइ प्रदेश सदस्य अशोक थापा लगायतले मन्तब्य राखेका थिए । पार्टीका जिल्ला संयोजक राजेन्द्र नेपालीको अध्यक्षता सहसंयोजक ज्वालाको सञ्चालन सहसयोजक अबिरलको स्बागत मन्तब्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा५५ सदस्यीय जिल्ला समिति घोषणा गरिएको छ । समितिमा रहेका सबैको कार्यविभाजन र जिम्मेवारी समेत तोकिएको छ । कम्युनिस्ट पार्टीहरुबीचको विभाजन भन्दा एकतालाई पार्टीले लामोसयम देखि जोड दिदै आएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?