कपिलवस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टीनेपाल र नेकपा(मशाल) बीच कपिलवस्तुमा पार्टी एकता भएको छ । मंगलबार बाणगगा नगरपालिकाको सिउटीमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य सेरमान थारुको संयोजकत्वमा ३९ सदस्य जिल्ला संगठन समिति निर्वाचित गरेको हो ।
त्यस्तै जिल्ला सह- संयोजकहरुमा वीर बहादुर बिक क.संर्घष,टुकलाल पुन क. यात्री र कमल उप्रेती निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ५ सदस्य कार्यालय र १४ सदस्य सचिवालय समेत गठन गरेको छ ।
दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो । एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ५ न. प्रदेश सह-संयोजक सेर कुमार खड्का क. गतिले पार्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य पितम्बर आचार्यले कम्युनिस्ट इतिहासको बारेमा प्रष्ट पार्दै दुई पार्टीको एकताले नेपाली जनतामा फेरि आशा पलाएको बताए। कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य दीपक पौडेलले पार्टी एकताले जनतामा नयाँ तरंग पैदा गरेकोले बिधि र प्रक्रियामा सम्झौता नगरी क्रान्तिको उठान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज भिमलाल वाग्लेले पार्टी अनुशासन बारे र प्यानल प्रस्तुत समेत गर्नुभएको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य रुपा बुढा मगर र अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश संयोजक नवीन खड्काले शुभकामना मन्तव्य राख्नु भएको थिए।
कार्यक्रम जिल्ला संयोजकको सेरमान थारुको अध्यक्षता , सह- संयोजक वीर बहादुर बिक क. संर्घषको संचालन तथा अर्को सह- संयोजक कमल उप्रेतीको स्वागत र सह-संयोजक टुकलाल पुनले डकुमेन्ट र सर्कुलर बाच्न गर्नु भएको थियो । त्यस्तै एकता अधिबेशन लगतै बसेको प्रथम बैठकले जिल्लालाई तीनवटा कमाण्ड र नगरपालिका र गाउँपालिकामा इन्चार्ज र संयोजक जिम्मेवारी तोकेर सदस्यहरुको कार्यबिभाजन समेत गरेको छ ।
उक्त पार्टीले एकता पालिका र वाड समेत गर्ने र एकताको भाव जनस्तर सम्म पुर्याउने निर्णय गरेको जिल्ला संयोजक सेरमान थारुले बताए।