ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरुप्रति परी थापाद्वारा ऐक्यबद्धता
काठमाडौँ : क्रान्तिकारी संयुक्त मोर्चा नेपालका महासचिव परी थापाले ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरु प्रति ऐक्यबद्धता प्रकट गर्नु भएको छ। २०२६ सेप्टेम्बर २८ मा थापाले देशभक्त जनवादी समाजवादी पार्टी ट्युनिसियालाई एक पत्र पठाएर सो ऐक्यबद्धता जनाउनु भएको हो । पत्रमा लेखिएको छ – हामी गाजामा लगाइएको घेराबन्दी तोड्ने उद्देश्यले सुमुद फ्लोटिलाको स्टेयरिङ कमिटीका कार्यकर्ताहरू, अर्थात् वाएल नौअर, घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, जो हाल ट्युनिसियाली जेलभित्र खुला आमरण अनशनमा छन्, प्रति हाम्रो अटल ऐक्यबद्धता व्यक्त गर्दछौं। लामो समयसम्मको भोक हडतालका कारण, वाएल नौअरको जीवन जोखिममा पुगेको छ । घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, अहिले खाना…