सिर्जना र सम्वाद कार्यक्रम सम्पन्न
काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा यस पटक प्रगतिवादी कवि इच्छुकको तीन वटा कविता माथि गहन समीक्षा गरिएको थियो । कविता माथि समीक्षा गर्नेहरूमा अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हिरामणी दु:खी, कवि बलराम तिमल्सिना र कवि गौरी देवकोटा हुनुहुन्थ्यो भने कविता वाचनमा कविहरू इन्दिरा अधिकारी, विष्णु न्यौपाने र सुनिता बुढाथोकी हुनुहुन्थ्यो । कविताहरू अजम्बरी सपना, तिलाठी र कोशी टप्पु माथि क्रमश: बलराम तिमल्सिना, गौरी देवकोटा र हिरामणी दु:खीले समीक्षा गर्नु भएको थियो भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल…