सीपी गजुरेल ‘गाैरव’

नेपालमा अबको राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन

नेपालमा अबको राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन

काठमाडाैँ : नेपालमा अबको विकल्प राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन भएको एक कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीहरुका नेतृत्वहरुले बताएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समितिको आयोजनामा घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयोजित “वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा जेन्जी आन्दोलनपछि राजनीति निकै विषम स्थितिमा रहेको भन्दै यो विषम परिस्थितिमा देशका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु संवाद,सहकार्य,संयुक्त मोर्चा निर्माण गर्दै एकता,ध्रुवीकरणमा गएर देशको विकल्पको रुपमा अगाडि आउनु पर्ने र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु बताए ।देशमा पटक पटक क्रान्ति र परिवर्तनकोलागि नेपाली जनताहरुले संघर्ष र वलिदान गरेपनि नेपाली जनताको वास्तविक मुक्ति हुन नसकेको वक्ताहरुको भनाई रहेको थियो । भाद्र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्‍यो भारत र चीनको हेपाहा प्रवृत्तिको विरोध

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्‍यो भारत र चीनको हेपाहा प्रवृत्तिको विरोध

चीन भारतबिचको लिपुलेक सहमतिलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चीन भारतबिचको लिपुलेक सहमतिलाई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिदै यस प्रकारको भारत र चीनको हेपाहा प्रवृत्तिको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । र, यसका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिन सम्पूर्ण देशभक्त नेपालीहरुप्रति हार्दिक आव्हान गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म पुग्ने व्यापारमार्ग विस्तार गर्न हालै चीन र भारत सरकारले गरेको सहमतिप्रति…
Read More
“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए । गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो,…
Read More
अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

– प्रकाश वि.क. अछाम को तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवन स्थित श्री कामेश्वर माध्यमिक विद्यालय छ । जहाँ म कक्षा १० सम्म अध्ययन गरेको थिएँ। जुन स्कुलमा थुप्रै ठाउँबाट अध्ययन गर्न विद्यार्थीहरु गाउँको उकालो र ओरालो गर्दै भिरको बाटो हिड्नु पर्छ। यति मात्र होइन सधैं जङ्गलको बाटो हिड्दा जङ्गली जनावर समेतको डर हुन्छ। कामेश्वरी मा. वि. विद्यालयमा रामखोला, गैलडा, बाँडेपानी, तलौनी, कवलतोली, कालासेन लगायत वडा नं ८ पल्चोड समेतका विद्यार्थी भाइ, बहिनीहरु समेत पढ्न आउँछन। गाउँको स्थिति र गरिबीको कारण पनि हुन सक्छ सायद विद्यार्थी खासै न पढ्ने र सानो उमेरमा नै भारत जाने गर्न थाले। त्यसैले पनि कक्षा…
Read More
साहित्यकार रविको “संघर्षको मैदानबाट” मुक्तक संग्रह

साहित्यकार रविको “संघर्षको मैदानबाट” मुक्तक संग्रह

काठमाडौं : रवि पाण्डेय (विकल्प) ले “संघर्षको मैदानबाट” शीर्षक मुक्तक संग्रह लेखेर प्रगतिवादी साहित्य भण्डारमा एउटा इँटा थपेका छन् । यस कृतिमा जम्मा ४० वटा मुक्तकहरू संकलन गरिएको छ । मुक्तकका शब्दहरूले सशस्त्र संघर्षको झल्को दिन्छन् । पुस्तकभित्रका मुक्तकहरुले नेपालमा गणतन्त्र स्थापित भैसकेपछिका ब्यथितिहरुको तस्बिर राम्रै सित चित्रण गरेका छन् । नेपालमा १० बर्षसम्म चलेको जनयुद्ध र २०६२/ २०६३ को जनान्दोलनको जगमा स्थापना भएको गणतान्त्रिक राज्य व्यवस्थाभित्र मौलाएको भ्रस्टाचार, चाकडीप्रथा, घुसखोरी, आफन्तबाद जस्ता बिकृतिहरुलाई यस कृतिमा उदाङ्गो पारिएको छ । साथै रास्ट्रबाद – देशप्रेम पनि यस कृतिमा झल्किएका छन् । मुक्तकका लेखक रविले नेपाली समाजमा व्याप्त सामाजिक बिकृतिहरुमाथि चोटिलो प्रहार गरेका…
Read More
यसकारण भ्रष्टाचारविरुद्ध अभियान

यसकारण भ्रष्टाचारविरुद्ध अभियान

शशिधर भण्डारीक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भर्खरै जनसम्बन्ध विस्तारको अभियान समापन गरेको छ । देशका ६० भन्दा धेरै जिल्लामा सञ्चालित ४५ दिने लामो जनसम्बन्ध विस्तार अभियानले देशको वस्तुस्थिति बुझ्न र जनताको प्रतिक्रिया बुझ्न निकै सहयोग पु¥याएको छ । मेचीदेखि महाकालीसम्मका पहाडका सुन्दर वस्तीहरु रित्तिदै छन् । नेपाली समाजमा बेरोजगारी समस्या एउटा जटिल समस्याका रुपमा रहेको छ । त्यसैले नेपाली युवाहरुको मात्र होइन युवतीहरुको समेत रोजगारीको गन्तव्य भारत तथा खाडी मुलुक हुने गरेका छन् । नेपाली समाजको तल्लो तहका जनताको अवस्था अत्यन्त दयनीय छ । भारत र विश्वको श्रमबजारमा सबभन्दा निम्न स्तरको काम कम तलवमा गर्ने जाति नेपाली जाति भएको छ ।…
Read More
सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

-टेकबहादुर विश्वकर्मानेपालको सामाजिक इतिहास कुनै स्वाभाविक असमानताको इतिहास होइन । यो इतिहास हो, एकाधिकारलाई संस्थागत बनाउदै, बहिष्कृत समुदायहरूको आवाज दबाउने माध्यम बनेको सत्ताको ⁄ जात, लिङ्ग, वर्ग र क्षेत्र विभाजन गरि शोषक वर्गको हितमा बनाइएको आधारसंरचना तथा उपरिसंरचनागत अभिमुखित राज्य निर्माणको परिणाम हो । नेपालको ऐतिहासिक राज्य संयन्त्रले केही निश्चित वर्ग र समुदायहरूलाई सामाजिक, आर्थिक र राजनीतिक पहुँचमा अग्रता दिएको छ, जबकि दलित, आदिवासी जनजाति, महिला, मधेशी र पिछडिएका वर्गहरूलाई राज्य प्रणालीबाट योजनाबद्ध रूपमा पाखा लगाइएको छ । कानुनी रूपमै जातीय पदानुक्रम निर्धारण गरी नागरिकमा विभेदलाई वैधानिकता दिइएको ऐतिहासिक तथ्यले स्पष्ट पार्छ, तसर्थ, यो राज्य व्यवस्था विभेदको उत्पादक मात्र होइन,…
Read More
क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुरको प्रथम जिल्ला भेला सम्पन्न

क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुरको प्रथम जिल्ला भेला सम्पन्न

ललितपुर : क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल ललितपुर जिल्लाको प्रथम जिल्ला भेला ललितपुर महानगरपालिका स्थित पुल्चोकमा बिहीबार सम्पन्न भएको छ। भेलामा मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माको प्रमुख उपस्थिति रहेको थियो। भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपक तथा जिल्ला सचिव जगदीश विशेष अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, मोर्चाको केन्द्रीय कार्यालय सदस्य शोभा विश्वकर्मा र केन्द्रीय कार्यालय सदस्य तथा ब्यूरो नं. ९ का संयोजक रोशन विशुंकेको समेत उपस्थिति थियो। भेलाले सपना मंग्रातीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिमा रविन सुनार, जीवन विश्वकर्मा, टेक बहादुर विश्वकर्मा, मनोज पुर्कोटी, प्रसान्ति लामिछाने, सुजन मंग्राती, सिर्जना रोक्का रहेका…
Read More
संस्कृति र सांस्कृतिक रूपान्तरण

संस्कृति र सांस्कृतिक रूपान्तरण

लेखक : गौरी देवकोटा विषय परिचयल्याटिन भाषाको कल्तुरा (अगतिगचब) शब्दबाट अगतिगचभ (संस्कृति) शब्द बनेको र यसको अर्थ खेती गर्नु रहेको पाइन्छ भने यसको बनावटमा संस्कृत भाषाको ‘कृ’ धातुमा ‘सम्’ उपसर्ग र ‘क्त’ प्रत्यय लागेको हुन्छ । संस्कृतिलाई भौतिक र आत्मिक दुई किसिमले विश्लेषण गरिन्छ । भौतिक संस्कृतिमा श्रमका औजार उपकरणहरू, उत्पादनमूलक गतिविधि, सङ्घर्ष आदिलाई मानिन्छ भने आत्मिक संस्कृतमा मानवीय आचरण, कला, सौन्दर्य, चेतना, शिक्षा आदिलाई लिने गरिन्छ । मानव समुदायले जीवन जिउने क्रममा अवलम्बन गरेका चालचलन, रीतिरिवाज, रहनसहन आदि स्थापित हुँदै जाँदा कालान्तरमा संस्कृति बन्दछ । हरेक राष्ट्र, समुदाय र जातजातिमा आ–आफ्नै अकूलताका संस्कृतिहरू निर्माण भएका हुन्छन् । यसको निर्माणका…
Read More
अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा गरिएको ठाडो हस्तक्षेप र सैन्य आक्रमणको कडा शब्दमा विरोध गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले प्रेस वक्तव्यमार्फत् उक्त विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो विरोध विरोध गर्नुभएको हो । वक्तव्यमा त्यस प्रकारको हस्तक्षेपका विरुद्ध प्रतिरोध गरिरहेका इरानी जनताप्रति ऐक्यबद्धता जाहेर गर्दै विश्वभरिका न्यायप्रेमी जनसमुदायलाई अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन सशक्त आह्वान गरिएको छ । पाँच बुँदामा जारी वक्तव्यमा भनिएको छ, “१. इजरायलद्वारा इरानले आणविक कार्यक्रम संचालन गरेको आरोपमा सैन्य हस्तक्षेप गरेर इरानका उच्चपदस्थ सैनिक नेतृत्व एवम् आणविक वैज्ञानिकहरूको हत्या, आणविक केन्द्रहरुमाथि आक्रमण…
Read More