
विभिन्न क्षेत्रमा कुख्याति कमाएका र देशको सामाजिक परिवर्तनमा कुनै भूमिका नभएका पात्रहरुका अगुवाइमा दलहरु दर्ता गरिएका छन्। तीनदशक लामो संसदीय कालमा सत्तामा बसेर गैरकानूनी सम्पत्ति आर्जन गरेका भ्रष्टहरुको पनि एकता–ध्रुबीकरण चलिरहेको छ । देशलाई अस्थिर बनाएर थप लूटको श्रृङ्खला चलाउन मद्दत गर्ने संसदीय व्यवस्थाको विकल्प खोजी भैरहेको अवस्थामा यथास्थितिवादी चुनाउ समस्याको समाधान होइन ।
गत भदौ २३–२४ को जेनजी आन्दोलन र त्यसपछि विकसित नयाँ राजनीतिक घटनाक्रमैसँगै नेपालमा थप अस्थिरता र वैदेशिक शक्तिका नेपाली अनुचरहरुको चलखेल ह्वात्तै बढेको छ,जसको फलस्वरुप सुशिला कार्कीको कठपुतली सरकार सत्तासीन हुन पुगेको छ।आउँदो फागुन २१ मा संसदीय निर्वाचन गर्ने डङ्का पिटिएको अवस्था छ। देशलाई राजनीतिकरुपमा झन् अस्थिर र गन्जागोल अवस्थातिर लैजाने वातावरण सिर्जना गरिदैछ । यसको निम्ति विभिन्न क्षेत्रमा कुख्याति कमाएका र देशको सामाजिक परिवर्तनमा कुनै भूमिका नभएका पात्रहरुका अगुवाइमा दलहरु दर्ता गरिएका छन्। तीनदशक लामो संसदीय कालमा सत्तामा बसेर गैरकानूनी सम्पत्ति आर्जन गरेका भ्रष्टहरुको पनि एकता–ध्रुबीकरण चलिरहेको छ । देशलाई अस्थिर बनाएर थप लूटको श्रृङ्खला चलाउन मद्दत गर्ने संसदीय व्यवस्थाको विकल्प खोजी भैरहेको अवस्थामा यथास्थितिवादी चुनाउ समस्याको समाधान होइन ।
नव ओेपनिवेशिक उत्पीडनको आजको अवस्थामा निर्वाचनबाट साम्राज्यवाद विरोधी देशभक्त तथा प्रगतिशील उम्मेदवारले जित्ने र नयाँ संसदबाट जनताको पक्षमा काम गर्न सकिने अवस्था छैन । आगामी संसदीय चुनावमा विगत तीन दशकमा लूटमारमा कुख्यात यथास्थितिवादीहरु,प्रतिगमनको आशमा प्राण धानेकाहरु,सहकारी ठगहरु,एम्.सी.सी. भित्र्याउन र माथिल्लो कर्णाली भारतीय कम्पनी जि.एम. आर. लाई जिम्मा लगाउन अहम् भूमिका खेल्नेहरु र बारबरा फाउण्डेशनको कलोमा बाँच्नेहरुबीच चुनावी नाटक मन्चन हुने देखिन्छ । यो नाटकपछि देश झन् अस्थिरताको चक्रव्यूहमा फस्ने देखिएको छ । यस्तो अवस्थामा यो चुनावको कुनै उपादेयता छैन । अहिलेको निकास भनेको विकृत लोकतन्त्रले सिर्जना गरेको प्रदुषणबाट देशलाई मुक्तगर्नु हो । यस्ता दल,पात्र र प्रवृत्ति भएकाहरुलाई मतदान गरेर समस्या सुल्झिदैन । यतिबेला देशभक्त ,गणतन्त्रवादी,जनवादी तथा वामपन्थी शक्तिका बीच ऐक्यबद्धता आवश्यक छ । यी शक्तिहरुका बीच संयुक्त मोर्चा निर्माण गरेर आन्दोलन उठाउने र त्यसको बलमा स्वाधीन संयुक्त सरकार निर्माण गरेर जनसंविधान निर्माण गरेर अघि बढ्नुपर्ने अवस्था छ।यसबाट मात्र राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव छ । किनभने यतिबेला हाम्रो स्वाधीनतामाथि प्रत्यक्ष हस्तक्षेप भएको छ । त्यसको ज्यूँदो प्रमाण सुशिला कार्कीको सरकार हो । असफल बाटो( प्रणाली ,संविधान ,नेतृत्व) पछ्याउनु भनेको देशलाई प्रतिगमनको अँध्यारो सुरुङतिर डोर्याउनु हो।विद्यमान प्रणाली असफल भैसकेपछि नयाँ विकल्पमा जाने विषयमा छलफल र बहसमार्फत निकास खोज्नुपर्नेमा यथास्थितिलाईनै मलजल गर्ने चुनावको कुनै उपादेयता छैन।त्यसकारण यो चुनावमा भाग लिनुपर्ने कुनै कारण छैन ।
चुनावको नाटक त जतिगरे पनि भो ! पन्चायतकालदेखि गणतन्त्रसम्मका चुनावले अनुहार फेर्यो – राज्यसत्ताको चरित्र फेर्नभन्दा पनि पात्रहरु आफै फेरिए । बुढापाकाहरु भन्थे – काला गए गोरा आउँछन् यहाँ त काला र गोराहरुको मिश्रणले ठिमाहा व्यवस्था जन्म्यो र अबको चुनाव भनेको ठिमाहाहरुको एकतालाई निरन्तरतामा लैजाने अभ्यास मात्र हो।