क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नुपर्छ : मोहन वैद्य किरण
काठमाडौं : स्वास्थ्यको प्रतिकूलताकाबिच नेपाली क्रान्तिकारी कम्युनिसट आन्दोलनका धरोहर मोहन वैद्य किरणले लामो समयपछि बुधबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभयो । जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उहाँले प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व महासचिव तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक किरणले महान सहिदहरुका सपना साकार पार्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट भएर दृढतापूर्वक अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलन, फागुन २१ को निर्वाचन हुँदै बालेन सरकारसम्म आइपुग्दा सबै चर्तिकला देखिसकिएको भन्दै कुनै पनि चिज स्थायी नहुने र माक्र्सवादले हरेक चिज बदलिन्छ भन्नेमा विश्वास…