Blog

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन हुँदै

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन हुँदै

रामेछाप : 'संसारका मजदूर तथा उत्पीडित जनसमुदाय एक होऔँ !, साक्र्सवाद-लेनिनवाद-माओवाद/विचारधारा जिन्दावाद !, गुटबाद, फुटवाद, विर्सजनवाद र सबैखाले संशोधनवादको भण्डाफोर गरौं!, सुदृ‌द्ध र एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको दिशामा जगाडी बढौँ !!' भन्ने नारासहित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रामेछाप जिल्लाको दोस्रो एकताको सम्मेलन गर्ने भएकाे छ । उक्त पार्टीका केन्द्रीय महाधिवेश आयाेजक समितिका सदस्य एवं जिल्ला इन्चार्ज तथा संयाेजक लाङ्घालीले यही कात्तिक २ गते शुक्रबार मन्थली बजारमा बिहान १० बजे उद्घाटन हुने भएकाे बताउनु भएकाे छ । साथै उहाँले जिल्ला सम्मेलनमा गरिमामय उपस्थितिको लागि प्रतिनिधि, पर्यवेक्षक, शुभचिन्तक साथै क्रान्तिकारी मित्रहरु सबैमा हार्दिक अनुरोध गर्नु भएकाे छ।
Read More
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो । योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।
Read More
धर्म, दर्शन र संस्कृति

धर्म, दर्शन र संस्कृति

१. वैचारिक अन्तर्विरोध र समाधानका उपायहरू समाजमा विद्यमान अन्तर्विरोधहरू विचारमा अभिव्यक्त हुने गर्छन् । हामीले प्राचीन नेपालदेखि केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना र विस्तारको प्रक्रियासम्म समाजमा विद्यमान अन्तर्विरोधहरूबारे जुन चर्चा ग¥यौँ, तिनको वैचारिक रूपमा के कस्तो अभिव्यक्ति रह्यो भन्नेबारे ध्यान दिन जरुरी छ । यो अवधिमा वैचारिक अन्तर्विरोधहरू मूलतः धार्मिक अन्तर्विरोधमा प्रकट भएका र तिनको समाधान पनि त्यसरी नै हुने गरेका पाइन्छन् । लिच्छविकालमा बौद्ध, वैष्णव, शैव, शाक्तजस्ता सम्प्रदायका साथै वेदान्त दर्शन पनि चर्चित रहेको पाइन्छ । यो वेला बुद्ध धर्मले महायानको रूप लिई अवतारवाद र मूर्ति पूजा अङ्गीकार ग¥यो र अन्तिम समयतिर यहाँ बज्रयान पनि प्रभावी देखिन थाल्यो । लिच्छविकालमा…
Read More
भौतिकवादी सिद्धान्त भनेको के हो ?

भौतिकवादी सिद्धान्त भनेको के हो ?

संसार परिवर्तनशील छ, प्रकृति र सामाजिक जीवनमा निरन्तर विकास र परिवर्तन भइरहन्छ । अब प्रश्न उठ्छ ः संसारमा हुने विकास र परिवर्तनको स्रोत के–के हुन् र तिनलाई हामीले कुन ठाउँमा खोज्नुपर्छ ? सांसारिक परिघटनाहरूका जरा कहाँ रहेका हुन्छन् र कुन आधार र प्रस्थानबिन्दुबाट तिनको व्याख्या–विश्लेषण थाल्नुपर्छ ? कुनै विषय वा प्रक्रियाको अनुसन्धान र खोज गर्ने सम्बन्धमा उक्त सवाल निकै महत्व राख्ने सवाल हो, किनभने यो व्यावहारिक क्षेत्रमा हाम्रो पहुँचसित सम्बन्धित छ र कुनै विषयको अध्ययन र अनुसन्धान गर्दा आधार वा प्रस्थानबिन्दु गलत रहेको खण्डमा त्यसबारे निकालिने निष्कर्षहरू गलत रहन्छन् । संसारमा घट्ने घटनाहरू, सांसारिक चीज तथा तिनका अन्तर्सम्बन्धहरूको व्याख्या–विश्लेषण गर्ने…
Read More
RCP Nepal pays deep tributes to Comrade G. N. Saibaba !

RCP Nepal pays deep tributes to Comrade G. N. Saibaba !

Kathmandu : Revolutionary Communist Party of Nepal’s In-Charge of International Department, Com. Gaurav has issued a homage statement on the demise of Comrade G.N. Saibaba and payed deep tributes to Comrade G. N. Saibaba. In the homage statement com. Gaurav has mentioned, ” The news of the death of G. N. Saibaba, one of the famous Marxist intellectuals, writers, poets, and human rights personalities of India’s left-wing movement at the age of 57, has worried us. Saibaba, who was also a professor at Delhi University in India, was imprisoned by the Indian government on the charge of “association with the…
Read More
जी.एन. साइबाबाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे श्रद्धाञ्जली

जी.एन. साइबाबाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे श्रद्धाञ्जली

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इण्डियन भारतीय वामपन्थी लेखक ,साहित्यकार , तथा मानवअधिकारवादी नेता जी.एन. साइबाबा अर्थात गोखराकोण्ड नागा साइबाबाको गत अक्टोबर १२ तारिखको दिनमा हुन गएको असायिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी विदेश विभागका इन्चार्ज गौरवले पार्टीको तर्फबाट अक्टोबर १४ अथवा असोज २८ गते एक शोक वक्तव्य जारीगर्दै साईबाबाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । भारतीय वामपन्थी आन्दोलनका एक हस्ती हुनुका साथै लेखक ,कवि ,वाम बुद्धिजीवि ,र मानवअधिकारवादी नेता रहेको अंग्रेजी भाषामा जारी गरिएको शोक वक्तव्यमा जनाइएको छ ।उनी दिल्ली विश्वविद्यायलका प्राध्यापक रहेको तर भारतको माओवादी आन्दोलनमा लागेको आरोपमा भारतको फौजदारी अदालतले…
Read More
एकता महाधिवेशनको प्रचार प्रसार तीव्र हुँदै

एकता महाधिवेशनको प्रचार प्रसार तीव्र हुँदै

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर १३ –२३सम्म काठामण्डौमा सम्पन्न गर्न गइरहेको एकता महाधिवेशनको प्रचार प्रसारलाई तीव्र पारेको छ । २०८१ भदौ २० गतेदेखि प्रचार प्रसारको शुरुवात गरेको सो पार्टीको एकता महाधिवेशन प्रचार प्रसार समितिले अहिले निरन्तर रुपमा भित्तेलेखन ,होर्डिङबोर्ड ,व्यानरहरु झुण्ड्याउने काम गरिरहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महाधिवेशन प्रचार प्रसार समितिले महाधिवेशनको प्रचार प्रसारलाई व्यापक रुपमा लैजाने निर्णय गरेको छ । पर्चाहरु बनाउने ,जिङगलहरु बजाउने ,भित्तेलेखन गर्ने , देशभित्र पस्ने र बाहिरिने नाकाहरुमा होडिङबोर्डहरु राख्ने ,पोष्टकार्डहरु बनाउने मिडियाहरुमा विज्ञापन गरेर महाधिवेशनको प्रचार प्रसारलाई जनता समक्ष पु¥याउने जनाएको छ । महाधिवेशनको सन्दर्भमा जनभेटघाट, भेला ,सम्मेलनहरु देशव्यापी…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन प्रचारप्रसार तीव्र

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन प्रचारप्रसार तीव्र

कञ्चनपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एकता महाधिवेशनको प्रचार प्रसारलाई तीव्र पार्दै लगेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुर जिल्ला पार्टीले यहि मंसिर १३ गतेदेखि २३गतेसम्म काठमाडौ हुने पार्टीको रास्टि«य महाधिवेशनको प्रचार प्रसारकोलागि जिल्लाको गड्डाचौकी नाकामा होडिङ्ग बोर्ड राखेको छ । प्रचार प्रसारको अन्य माध्यमहरुको साथै जिल्ला लिल्लाको नाकाहरुमा यसरी नै होर्डिङबोर्डहरु राखेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन प्रचार प्रसार समितिले जनाएको छ ।
Read More
बीपी राजमार्ग भोलिदेखि खुल्ने

बीपी राजमार्ग भोलिदेखि खुल्ने

सिन्धुली : काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । यही असोजको १०, ११ र १२ गतेको बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । तर रातदिन र चाडपर्व नभनी काम भइरहेकाले भोलिदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ । आज फूलपातीको दिन पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएका छन् । आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाउने उहाँको भनाइ छ । देशका अरु ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति…
Read More
चाडबाडलाई सस्तो तरिकाले मनाऔं

चाडबाडलाई सस्तो तरिकाले मनाऔं

अहिले नेपालीहरुको घर आँगनमा चाडवाड आउँदैछ । विस्तारै वर्षायाम सकिएपछि चाडवाड एक एक गरी दशैं, तिहार, छठ जस्ता चाडवाडहरु नेपालीको घर आँगनमा आउँदै छन् ,यी चाडवाडहरुको सकरात्मक नकरात्मक दुवै पक्ष रहेका छन् । चाडबाड मनाउन सबै आफन्ती इष्ट्रमित्रहरु देश, विदेशबाट आउने गर्दछन् । चाडबाडको समयमा सबैसंग भेटघाट हुन पाइने वषौंदेखि भेटघाट हुन नपाएकारुबीच भेटघाट हुने, दुःख सुखको साटासाट गर्न पाईने, आपसी मेलमिलाप गर्ने समय पाईने हुन्छ ।देशमा रहेका होस या घरमा रहेका खेती किसानी गर्नेहरु होस या कुनै पेशा व्यवसाय गर्नेहरु ,जागिरको शिलशिलामा घरबाहिर रहेकाहरु होस या अध्ययन अध्यापनकोलागि घर छोडेर पर पर पुगेकाहरु जो सुकैले पनि यी चाडबाडको समयमा…
Read More