काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इण्डियन भारतीय वामपन्थी लेखक ,साहित्यकार , तथा मानवअधिकारवादी नेता जी.एन. साइबाबा अर्थात गोखराकोण्ड नागा साइबाबाको गत अक्टोबर १२ तारिखको दिनमा हुन गएको असायिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी विदेश विभागका इन्चार्ज गौरवले पार्टीको तर्फबाट अक्टोबर १४ अथवा असोज २८ गते एक शोक वक्तव्य जारीगर्दै साईबाबाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
भारतीय वामपन्थी आन्दोलनका एक हस्ती हुनुका साथै लेखक ,कवि ,वाम बुद्धिजीवि ,र मानवअधिकारवादी नेता रहेको अंग्रेजी भाषामा जारी गरिएको शोक वक्तव्यमा जनाइएको छ ।उनी दिल्ली विश्वविद्यायलका प्राध्यापक रहेको तर भारतको माओवादी आन्दोलनमा लागेको आरोपमा भारतको फौजदारी अदालतले उनलाई आजीवन कारावासको सजाय तोकेको थियो ।तर उच्च अदालतले फौजदारी अदालतको सो निर्णयलाई उल्ट्याइदिएको थियो ।
साईबाबा आन्द्र प्रदेशको अमालपुरमा जन्मिएका थिए । उनी जेलमा हुँदा उनी जेलमा हुँदा नै पत्थरीको शल्यक्रिया गरिएको थियो त्यो निको हुन सकेन ।उनलाई हैदरावादको नाजिम अस्पतालमा भर्ना गरिएको थियो । अक्टोबर १२ गते उनको असामियक निधन हुन पुग्यो । उनको मृत्युले भारतीय कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हाम्रो पार्टीले जी.एन. साईबाबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ शोक वक्तव्यमा उल्लेख छ ।