रामेछाप : ‘संसारका मजदूर तथा उत्पीडित जनसमुदाय एक होऔँ !, साक्र्सवाद-लेनिनवाद-माओवाद/विचारधारा जिन्दावाद !, गुटबाद, फुटवाद, विर्सजनवाद र सबैखाले संशोधनवादको भण्डाफोर गरौं!, सुदृद्ध र एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको दिशामा जगाडी बढौँ !!’ भन्ने नारासहित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रामेछाप जिल्लाको दोस्रो एकताको सम्मेलन गर्ने भएकाे छ ।
उक्त पार्टीका केन्द्रीय महाधिवेश आयाेजक समितिका सदस्य एवं जिल्ला इन्चार्ज तथा संयाेजक लाङ्घालीले यही कात्तिक २ गते शुक्रबार मन्थली बजारमा बिहान १० बजे उद्घाटन हुने भएकाे बताउनु भएकाे छ ।
साथै उहाँले जिल्ला सम्मेलनमा गरिमामय उपस्थितिको लागि प्रतिनिधि, पर्यवेक्षक, शुभचिन्तक साथै क्रान्तिकारी मित्रहरु सबैमा हार्दिक अनुरोध गर्नु भएकाे छ।