Blog

प्यालेष्टाइनी जनताको सार्वभौम सत्तासम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग

प्यालेष्टाइनी जनताको सार्वभौम सत्तासम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग

काठमाण्डौ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले प्यालेष्टाइनी जनताको सार्वभौम सत्ता सम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक लोकनारायण सुवेदीले २०८१ मंसिर ७ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो माग गरेका हुन् । वक्तव्यमा अगाडि भनिएको छ ।“नाटोको नेतृत्व गरिरहेको अमेरिकी साम्राज्यवादको आडधाप र उक्साहटमा आज प्यालेस्टिनी जनतामाथि कथित आत्मरक्षाको नाममा इजरायलले घोर आततायी अत्याचार र बिध्वंश मच्चाइरहेको छ । संयुक्त राष्ट्र संघका प्रावधान, अन्तराष्ट्रिय कानुन सबैको धज्जी उडाउँदै इजरायलले भर्खर जन्मेका प्यालेस्टिनी शिशु,विद्यालयमा पढ्दै गरेका बाल बालिका, अस्पतालमा उपचार गराइरहेका बिरामीहरु तथा निर्दोष मानबीय बस्तीहरुमा जथाभावी बम बर्षागरेर मानबीयताका सबै…
Read More
माओवादः माक्र्सवाद–लेनिनवादको नयाँ, तेस्रो र श्रेष्ठ चरण

माओवादः माक्र्सवाद–लेनिनवादको नयाँ, तेस्रो र श्रेष्ठ चरण

सुदर्शन, प्रवक्ता एवम् केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीच एकता भइ बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ बैशाख १८ गते एकता अधिवेशन र सोही महिनाको १९ गते पार्टी एकताको सार्वजनिक घोषणा कार्यक्रम भएको थियो । त्यहाँसम्म पुग्दा हामी विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारा, राजनीतिक कार्यदिशा नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने, सामरिक कार्यदिशा जनसंघर्ष–जनप्रतिरोध संघर्ष–जनविद्रोहको प्रक्रियामा अघि बढ्ने, सशस्त्र संघर्षबाट नै दलाल तथा नोकरशाही अर्थतन्त्रमा आधारित दलाल पूँजीवादी संसदीय सत्ताको अन्त हुने, पार्टी संचालनको पद्धति जनवादी केन्द्रीयता रहने, दलाल पुँजीवादी अधिनायकत्वका विरुद्ध सर्वहारा अधिनायकत्व स्थापना गर्ने, सर्वहारा अन्तर्राष्ट्रियतावादलाई…
Read More
स्पाटार्कस ! तिमी यतिबेला हाँस्नु हुन्न

स्पाटार्कस ! तिमी यतिबेला हाँस्नु हुन्न

लेखक : जगदिश चन्द्र आबारा गुन्डालेस्पाटार्कसलाई धारे हात लगाएरलाञ्छित गर्दैमाअथवा इतिहासको सङ्गीन घडीमाखिसिट्युरी गरेररत्यात्मक आनन्द लिएरदाहिने र देब्रे दुवै सिङलेहानेर स्पाटार्कसलाईरगतपच्छे बनाएको ठानेका हौलास्पाटार्कस जिउँदो मानिस होबहुराष्ट्रिय कम्पनीकोदानापानी खाएरउग्राउने र बान्ता गर्नेविचारविहीन गधा त हुँदै होइन प्रुधों काउत्स्की बर्नस्टिनबाकुनिन मार्तोभ ख्रुस्चेभकाट्सकी मिलेंरा देङहरुकोवीर्याधानमा निर्मित विकसितकुनै बर्बर अजीवप्राणीको स्वरूपमा ढालिएकोकाम्य आराध्य पुरुष जस्तोपनि त होइन मेरो स्पाटार्कस मिथक फेन्टासीलाईआफ्नो आँखामा राखेरदुनियाँ र यसका बासिन्दालाईभ्रमको पोखरीमा डुबाउनेतिम्रा नायकभन्दामेरो स्पाटार्कस कति हो कति अग्लो बुर्जुवा ठर्राको मातमान पराक्रमी पाइला देखिन्छन त उत्सर्गका ध्वनि सुनिन्छकहिले कथितका पाउमाग्याालेनका ग्यालेन ओसारेरकहिले एनजीओ आइएनजिओकामानव तस्करीमा लागेरकमाउन कमायौ होलार मुस्करायौ होलापरन्तुस्पाटार्कस तिमी जस्तो छैन हुन्न पनि क्रान्ति र…
Read More
फोरम (आन्तरिक बहस) सम्पन्न

फोरम (आन्तरिक बहस) सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशनको सन्दर्भमा सञ्चालन गरेको फोरम ( आन्तरिक बहस) सम्पन्न गरेको छ । प्रदेश र जिल्ला स्तरका फोरमहरु सम्पन्न भएपछि २०८१ कार्तिक २५ गते प्रवास क को कार्तिक ३० गते केन्द्रीय सल्लाहकार र गैरभूगोलसंग सम्बन्धित सदस्यहरुको र मंसिर २ गते प्रवास ख,को फोरम सञ्चालन गरिएको थियो । २०८१ वैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)का बीचमा माओवाद र माओविचारधारा ,जनयुद्धको मूल्याङकन र राज्य पुनःसंरचनाको बारेमा खुला बहस गर्ने निर्णय भए अनुरुप छलफल भईरहेको बताईएको छ । खुला छलफलको बहसमा पार्टी भन्दा बाहिरका व्यक्तिहरुबाट पनि छलफलमा भाग लिने काम भएका छन्…
Read More
महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न

महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौले महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न गरेको छ । यसै सन्दर्भमा २०८१ मंसिर ३ गते कीर्तिपुर बाघभैरवमा कोणसभा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रमेश महर्जनले गरेका थिए कार्यक्रममा केन्द्रीय प्रवक्ता सुदर्शन र तीन नं प्रदेश संयोजक अटलले सम्बोधन गरेका थिए । साथै दक्षिणकालीको फर्पिङमा पनि कोण सभा सम्पन्न भएको सभाको उद्घोषण सुरेश तामाङले गरेका थिए भने काडमाण्डौ जिल्ला सदस्य बन्धुदेव पाण्डे लगायतले मन्तव्य राखेका थिए । सोही दिन नै कीर्तिपुरको पाँगा दोबाटोमा कोणसभा सम्पन्न भएको छ । कोण सभामा सचिन महर्जन लगायतले सम्बोधन गरेका थिए । काठमाण्डौ जिल्लाका इन्चार्ज पुस्कर श्रेष्ठ विद्यार्थी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्कुल विभागको पुस्तकालय उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्कुल विभागको पुस्तकालय उद्घाटन

काठमाण्डौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पुस्तकालय उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्टी केन्द्रिय कार्यालय ललितपुर कुपण्डोलमा आयोजित एक समारोहका बीच पार्टीका रास्टिय महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्ध किरणले दीप प्रज्ज्वलन गरेर पुस्तकालय उद्धाटन गर्नु भएको हो । संयोजक किरणले माक्र्सवादको अध्ययन र ज्ञान आर्जनका लागि पुस्तकालयको आवश्यकता रहेको बताउनु भयो । माक्र्सवादको अध्ययन नगरि पार्टीको कार्यदिशा तय गर्न नसकिने, पार्टीमा दुई लाइन संघर्थ सन्चालन गर्न नसकिने , जीवन र जगतलाई बुझ्न नसकिने हुदाअध्ययनको आवश्यकता माथि थप जोड दिनु भयो । उहाले अध्ययनको चलन हराउदैे गएको अबस्थामा पुस्तकालय स्थापनाले नेता कार्यकर्ताको अध्ययन बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त…
Read More
क्रान्तिकारी खेलकुद महासंघ नेपालको रक्तदान

क्रान्तिकारी खेलकुद महासंघ नेपालको रक्तदान

काठमाडौं : क्रान्तिकारी खेलकुद महासंघ नेपालले ललितपुर कुपोन्डोल स्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ३ नं. प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । रक्तदान कार्यक्रमको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले गर्नु भएकोथियो । ३० जनाले रक्तदानमा भाग लिनु भएकोथियो । क्रान्तिकारी खेलकुद महासंघ नेपालका संयोजक सूर्य भूजेलको अध्यक्षता,केदार खतिवडाको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा रक्तदाताहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रबक्ता एवम्क्रान्तिकारी खेलकुद महासंघ नेपालका इन्चार्ज सुदर्शनले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा पार्टीका तीन नम्वर प्रदेश संयोजक अटल लगायतका नेताहरूको उपस्थिति थियो ।
Read More
उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८१ मंसिर १६ गते गर्ने भनिएको स्थानीय तहको उप निर्वाचनको शसक्त प्रकारले बहिस्कार गर्ने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले कार्तिक २८ गते एक प्रेस वक्तव्य जारी गरी सो कुराको जानकारी गराएका हुन् । वक्तव्यमा अगाडि भनिएको छ । –विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि.सं.२०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित–उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको…
Read More
इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते प्रदर्शन हुँदै

इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते प्रदर्शन हुँदै

काठमाडौं : संयुक्त अभियान नेपालले प्यालेस्टाइन माथिको इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते काठमाडौमा प्रदर्शन गर्दैछ । दिउँसो १ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वर सम्म जुलुस हुने आयोजकहरूले बताएका छन्
Read More
पहिलो पटक विश्वकपमा पुग्याे नेपाली महिला क्रिकेट टोली

पहिलो पटक विश्वकपमा पुग्याे नेपाली महिला क्रिकेट टोली

काठमाडौं : आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन । सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भयो । नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो । कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्थे । डबल राउण्ड रोविनमा भएको छनोटमा अरु टोलीलाई…
Read More