प्यालेष्टाइनी जनताको सार्वभौम सत्तासम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग

काठमाण्डौ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले प्यालेष्टाइनी जनताको सार्वभौम सत्ता सम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक लोकनारायण सुवेदीले २०८१ मंसिर ७ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो माग गरेका हुन् ।

वक्तव्यमा अगाडि भनिएको छ ।“नाटोको नेतृत्व गरिरहेको अमेरिकी साम्राज्यवादको आडधाप र उक्साहटमा आज प्यालेस्टिनी जनतामाथि कथित आत्मरक्षाको नाममा इजरायलले घोर आततायी अत्याचार र बिध्वंश मच्चाइरहेको छ । संयुक्त राष्ट्र संघका प्रावधान, अन्तराष्ट्रिय कानुन सबैको धज्जी उडाउँदै इजरायलले भर्खर जन्मेका प्यालेस्टिनी शिशु,विद्यालयमा पढ्दै गरेका बाल बालिका, अस्पतालमा उपचार गराइरहेका बिरामीहरु तथा निर्दोष मानबीय बस्तीहरुमा जथाभावी बम बर्षागरेर मानबीयताका सबै सीमहरु उल्लंघन गरिसकेको छ । यस्तो घोर जनसंहार तथा जतिसंहारको अमानबीय आततायी अत्याचारको राष्ट्रिय क्रान्तिकारी मोर्चाले निरन्तर विरोध गर्दै आएको छ र फेरि पनि घोर विरोध गर्दछ । प्यालेस्टिनी जनताको राज्य खोसेर उनीहरुलाई राज्यविहीन तुल्याउने र उनीहरुको आफ्नो मातृभूमिबाट विस्थापित गर्ने यो साम्राज्यवादी विस्तारवादी षडयन्त्रको जति विरोध गरे पनि कम नै हुन्छ ।
यस्तो स्थितिमा सयुक्त राष्ट्र संघमा मतदान हुँदा लामो समयदेखि प्यालेस्टिनी जनताको न्यायको पक्षमा खडा हुँदै आएको नेपाल तटस्थ बसेर साम्राज्यवादलाई अप्रत्यक्षरुपमा सहयोग पु¥याउने जुन गलत काम गरेको छ त्यसको पनि मोर्चा घोर बिरोध गर्दछ र त्यो गम्भीर गल्ती सच्याउन र पेलेस्टिनी जनताको स्वाधीन राज्य स्थापना गर्ने न्यायपूर्ण संघर्षको पक्षमा पूर्बबत खडा हुन जोडदार माग गर्दछ ।
अन्त्यमा राष्ट्रिय क्रान्तिकारी मोर्चा तत्काल युद्ध रोक्न, आम जनसंहार र जाति संहार बन्द गर्न तथा युद्ध अपराधीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार कडा कारबाही गर्न र प्यालेस्टिनी जनताको सार्बभौम सत्ता सम्पन्न स्वाधीन राज्यको मागलाई विनाशर्त सम्मान गर्न र समस्याको स्थायी र दीगो समाधान खोज्न सयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय जगतसँग जोडदार आग्रह गर्दछ ।
यसै सन्दर्भमा प्यालेस्टिनी जनताले भोगिराखेको इजरायली घोर नरसंहारकारी अत्याचार, मानबता विरुद्धका नृसंश, क्रूर र असैह्य एवं अमानबीय नाकाबन्दीका बिरुद्ध प्यालेस्टिनी जनसंहार विरुद्ध संयुक्त अभियान नेपालले यही २०८१ मंसीर ८ गते माइतिघर मण्डलादेखि नया बानेश्वरसम्मको मार्च र विरोध सभामा सहभागी भएर कार्यक्रमलाई सफल तुल्याउन सहभागी हुन र पेलेस्टिनी जनताको न्यायपूर्ण संघर्षप्रति ऐक्यबद्धता जनाउन राष्ट्रिय क्रान्तिकारी मोर्चा मोर्चाका घटक सदस्य तथा न्यायको पक्षमा आवाज उठाउने सबै राजनीतिक दल, समूह, मञ्च र मोर्चाहरु सबैमा हार्दिक आह्वान गर्दछ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?