Blog

कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

रत रह संघर्ष में जीवन संघर्ष है । या कुर्वान हो जा देश पे, यही तो उत्कर्ष है ।। दब के ना रहना कभी, यही तो निष्कर्ष है । वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।। उक्त कवितांश २०४७ को नव वर्षको सन्दर्भमा सिन्धुली कारागारमा रहेको बेला क.रामवृक्ष यादवद्वारा रचित एक गीति कविताबाट लिइएको हो । यो कवितांशमा जीवनलाई संघर्षमय मानिएको छ र त्याग, वीरता तथा बलिदानको एक ओजस्वी सन्देश सशक्त रुपमा मुखरित भएको छ । त्यो सन्देश हो– ‘वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।’ वास्तवमा, क. यादवले शहादत प्राप्त गरेको समय महान् जनयुद्धको तयारीको…
Read More
क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल काठमाडौँको संयोजकमा रुपेश रम्तेल

क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल काठमाडौँको संयोजकमा रुपेश रम्तेल

काठमाडौं : क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको काठमाडौं जिल्ला भेलाले १७ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरेको छ । गत साउन ३० गते काठमाडौंको सेतोपुल स्थित इच्छूक प्रतिष्ठानमा सम्पन्न प्रथम भेलाले नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला कमिटीमा रुपेश रम्तेल संयोजक चयन हुनुभएको छ । सदस्यहरुमा बेदराज दियाली, राजु मंग्राती, सिमा नेपाली, श्याम परियार, पनिलाल राम, टंक लकान्दी, बलराम तोलाङ्गे, सिताराम परियार, पुष्कर रोका, रेश्मा विश्वकर्मा, प्रदिप परियार, आर्य नेपाली, राजेश नेपाली र भुवन परियार रहेका छन् । बाँकी दुई सदस्य पछि थप गर्ने मोर्चाले जनाएको छ । भेलामा क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्मा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको युवा-विद्यार्थीको कार्यशाला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको युवा-विद्यार्थीको कार्यशाला सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्यूरोको आयोजनामा युवा र विद्यार्थी मोर्चाको एक दिने कार्यशाला २०८२ साउन ३१ गते सम्पन्न भयो । ब्यूरो स्तरीय कार्यशालाको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिकले कार्यशालाको ब्यानर पढेर गर्नु भएको थियो । कर्यशालामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिकले लेनिनवादी संगठनात्मक सिद्धान्त, पोलिट्ब्युरो सदस्य दिनेश शर्माले पार्टी र जनवर्गीय संगठनको अन्तर्सम्बन्ध , पोलिटब्युरो सदस्य रामबहादुर बुढाले क्रान्तिकारी आन्दोलनमा युवा र विद्यार्थीको भूमिका, पोलिटब्युरो सदस्य चिन्तामणि पौडेलले संगठनात्मक र आर्थिक नियमावली, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय संयोजक सूर्य तिमिल्सिनाले युवा आन्दोलनबारे र अखिल (…
Read More
क्रान्तिकारी संयुक्त मोर्चा नेपाल काठमाडौंको संयोजकमा राम नेपाली

क्रान्तिकारी संयुक्त मोर्चा नेपाल काठमाडौंको संयोजकमा राम नेपाली

काठमाडौं : क्रान्तिकारी संयुक्त मोर्चा नेपालको २०८२ श्रावण ३१,काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले बृहत छलफल गरी नयाँ जिल्ला समिति गठन गरेको छ । भेला मार्फत राम नेपालीको संयोजकत्वमा १३ सदस्यीय समिति चयन गरिएको हो । समितिमा सह–संयोजकको जिम्मेवारी बोजराज श्रेष्ठलाई दिइएको छ भने अन्य ११ जना सदस्यहरूमा साँगे लामा, बेदराज दियाली, निर्मला लुहार, रत्न मर्हजन, सपना राजथला, गोपालदास श्रेष्ठ, धन बहादुर मोक्तान, रुपेष रम्तेल, रणबहादुर श्रेष्ठ र सागर श्रेष्ठ रहेका छन् । समितिमा बाँकी १ जना सदस्य पछि थपिने निर्णय गरिएको छ । कार्यक्रममा मोर्चाको केन्द्रीय सचिव दिनेश शर्माले मोर्चाको औचित्य, आवश्यकता र वर्तमान राजनीतिक परिप्रेक्ष्यमा…
Read More
सुकुम्बासीमाथि महानगरपालिकाको डोजर आतङ्क बन्द गर : क्रान्तकारी सुकम्बासी संघ नेपाल

सुकुम्बासीमाथि महानगरपालिकाको डोजर आतङ्क बन्द गर : क्रान्तकारी सुकम्बासी संघ नेपाल

काठमाडौँ : क्रान्तकारी सुकम्बासी संघ नेपालले सुकुम्बासीमाथि काठमाडौँ महानगरपालिकाले बर्बर आक्रमण गर्ने जस्तो अमानवीय हर्कतप्रति तीव्र निन्दा तथा भत्र्सना गर्दै सो घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तकारी सुकम्बासी संघ नेपालका संयोजक भीम चापागाईंले शुक्रबार प्रेस वक्तव्यमार्फत सुकुम्बासीमाथि ठूलो संख्यामा जनपद, सशस्त्र र नगर प्रहरी परिचालन गर्दै सुकुम्बासीले खाई नखाई बनाएका छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण गर्ने अमानवीय हर्कतप्रति तीव्र निन्दा तथा भत्र्सना गर्दै सो घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न जोडदार माग गरेका हुन् । साथै उनले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका निम्ति सम्पूर्णलाई…
Read More
प्रधानमन्त्री त बिचौलियाले फेर्छन्, महानिर्देशक दाहालको के कुरा !

प्रधानमन्त्री त बिचौलियाले फेर्छन्, महानिर्देशक दाहालको के कुरा !

सामान्यतया अवकाशको मुखमा रहेका कर्मचारीलाई सरुवा नगर्ने अभ्यासबिच सरकारले आगामी मंसिरमा अवकाश हुन लागेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालसहित ७२ सहसचिवको सरुवा विवादमा परेको छ । सरुवामा बिचौलियादेखि ‘ह्वाइट कलर’ व्यापारिक समूहको पनि चासो जोडिएको भन्दै प्रश्न उठेको छ । पाँच महिनामै सरुवा गरिएका दाहालसँग विभागमा गरेका काम, अनुगमनमा देखेका तस्बिर, भोगेको राजनीतिक दबाब र सरुवाका कारणबारे नयाँ पत्रिकाका सुवास भट्टले गरेको कुराकानी : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको भूमिकाबाट तपार्ईंको सरुवा चर्चा र विवादमा छ । आफैँले माग्नुभएको हो कि सरकारले गरेको हो यो ?निजामती सेवा ऐनमा स्पष्ट रूपमा दुई वर्ष सेवावधि पूरा भएपछि मात्रै सरुवा…
Read More
बनेपामा दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न

बनेपामा दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न

प्रदिप अस्तानी/बनेपा/काभ्रे – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्यूरोको आयोजनामा दोरम्बा हत्याकाण्ड स्मृति दिवसको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी पोलिट्ब्युरो सदस्य तथा १० नम्बर ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठले सहिद सपना पूरा गर्न आफ्नो पार्टीसँग स्पष्ट योजना रहेको बताउँदै, क्रान्तिमा मुख्य नेतृत्वले गद्दारी गरेको कारण उपलब्धि प्राप्त नभएको उल्लेख गरे। स्मृति कार्यक्रममा पार्टी केन्द्रिय सदस्य केशव ढलकोटी, काभ्रे जिल्ला सेक्रेटरी ढोकप्रसाद अधिकारी लगायतका नेताहरूले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्तव्य राखेका थिए। कार्यक्रममा ब्यूरो सचिव सोमान सिंह तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रामेछाप सचिव लाङ्घालीले गरेका थिए। यसै अवसरमा वक्ताहरूले आजभन्दा २३ वर्ष अगाडि, २०६० साल…
Read More
साम्यवाद : मानव समस्याहरूको अन्तिम समाधान

साम्यवाद : मानव समस्याहरूको अन्तिम समाधान

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ‘साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले आफ्नो समाधान आफै खोज्दछ’—कार्ल माक्र्स, ‘१८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू’ प्रगति प्रकाशन मास्कोको सातौँ अङ्ग्रेजी मुद्रण १९८२, पृ. ९० । १) कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा सन् १८४८ मा साम्यवादी दलको घोषणापत्र जारी गरिएको थियो । पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादको सङ्क्रमणकालीन व्यवस्थाबाट विश्व–साम्यवाद प्राप्त गर्ने बलियो आधार भएको रूपरेखा उहाँहरूले खिच्नुभयो । माक्र्सकै शब्दमा ‘यो साम्यवाद पूर्ण रूपले प्रकृतिवादमा विकसित भएर मानवतावाद बराबर हुनेछ र पूर्ण रूपमा मानवतावाद विकसित भएर प्रकृतिवाद बराबर हुनेछ’— (उही) । अतः माक्र्स र एङ्गेल्सले दर्शनशास्त्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्रमा…
Read More
इम्बोइस्ड् नम्बर प्लेट, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताको प्रश्न

इम्बोइस्ड् नम्बर प्लेट, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताको प्रश्न

लेखकः रामबहादुर बुढा आधुनिक प्रविधिको प्रयोगमार्फत् सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट हो । धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत् अक्षर र अंक राख्ने काम नै इम्बोस्ड नम्बर प्लेटको जडान हो । अंग्रेजी भाषाको भ्mदयष्कभम शब्दको अर्थ सतह भन्दा माथि उठेको भन्ने हुन्छ । सवारी साधनको नम्बर लेखिने प्लेटको सतहभन्दा अक्षरको सतह माथि उठेकाले इम्बोस्ड नम्बर प्लेट भनिएको हो । इम्बोस्ड नम्बर प्लेट अहिले सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपमा अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । सरकारले इम्बोस्ड भनिने यस्तो नम्बरप्लेट आधुनिक र सुरक्षित हुन्छ भनेको छ । इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ राखिएको हुन्छ । यसले…
Read More
थोपाहरूको युद्धघोष

थोपाहरूको युद्धघोष

लेखक –जितामित्र सुनार (कविता) लेखक –जितामित्र सुनारथोपाहरूको युद्धघोषझिम झिम पानी झर्छ,आकाश रुँदैन — जाग्छ,धरती रुँदैन — गर्जिन्छ। हराभरा वातावरणपरिवर्तनको सुगन्ध बोकेरमानव जीवनमाआशा भर्छ।थोपाहरू — बन्दुकको गोली जस्तै,पुरानो शासनको छाती पड्काउँछन्।वर्षाको पररर् आवाज —लाखौं जनताको ताली जस्तै।रूखका पातहरू नारा लगाउँछन् —ूतिम्रो शासन मक्कियो !ूजनताको शासन आउँदै छूजनताको शासन जिन्दाबाद !आकाश मडारिन्छ,चट्याङको गर्जनसहितमुसलधारे पानी बर्सिन्छ।सडकहरूमा भेल बग्छ —कुहिएको सत्ता बगाउँदै।मलाई लाग्छ —यो भेलशासनको अन्त्य रजनताको विजयको उद्घोष हो। म — टाउको उठाएर उभिएको छु,खुला आकाश मुनि उभिएको छु,छाता होइन — मुठी ओढेको छु।यो पानी — मेरो हतियार,यो आकाश — मेरो साथी,यो धरती — मेरो युद्धभूमि।सारा जगत — युद्धको पक्षमा,न्यायपूर्ण युद्ध रशान्तिको लागि।…
Read More