बनेपामा दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न

प्रदिप अस्तानी/बनेपा/काभ्रे – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्यूरोको आयोजनामा दोरम्बा हत्याकाण्ड स्मृति दिवसको कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी पोलिट्ब्युरो सदस्य तथा १० नम्बर ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठले सहिद सपना पूरा गर्न आफ्नो पार्टीसँग स्पष्ट योजना रहेको बताउँदै, क्रान्तिमा मुख्य नेतृत्वले गद्दारी गरेको कारण उपलब्धि प्राप्त नभएको उल्लेख गरे।

स्मृति कार्यक्रममा पार्टी केन्द्रिय सदस्य केशव ढलकोटी, काभ्रे जिल्ला सेक्रेटरी ढोकप्रसाद अधिकारी लगायतका नेताहरूले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्तव्य राखेका थिए। कार्यक्रममा ब्यूरो सचिव सोमान सिंह तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रामेछाप सचिव लाङ्घालीले गरेका थिए।

यसै अवसरमा वक्ताहरूले आजभन्दा २३ वर्ष अगाडि, २०६० साल श्रावण ३२ गते रामेछापको दोरम्बामा सरकार र माओवादीबीच बार्ता तथा युद्धविरामको समयमा तत्कालीन शाही सेनाले क. बाबुराम लामा सहित २१ जना होनाहार योद्धाहरूलाई घरमै कब्जा गरी यातना दिएर हत्या गरेको अमानवीय घटनालाई स्मरण गरेका थिए।

दोरम्बा हत्याकाण्डमा सहिद भएका योद्धाहरूमा –

अम्बिका दाहाल, प्रदिप दोङ, टेक ब राना, हर्क घिसिङ, चतुरमान थामी, लक्समण तामाङ, बिस्नु थापा मगर, ठुलो राम, सानाराम तामाङ, रबि चौहान, पदम राज गिरि, लिला मोक्तान, युबराज मोक्तान, उमा कार्की, सोमाइ थामी, श्याम तामाङ, हर्क लक्स्मी राई, उषा र जमिन लगायत रहेका थिए।

कार्यक्रमले सहिदहरूले चालेको बाटो अधुरो नराख्ने प्रतिवद्धता व्यक्त गर्दै सम्पन्न भएको जनाइएको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?