क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल काठमाडौँको संयोजकमा रुपेश रम्तेल

काठमाडौं : क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको काठमाडौं जिल्ला भेलाले १७ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरेको छ । गत साउन ३० गते काठमाडौंको सेतोपुल स्थित इच्छूक प्रतिष्ठानमा सम्पन्न प्रथम भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्ला कमिटीमा रुपेश रम्तेल संयोजक चयन हुनुभएको छ । सदस्यहरुमा बेदराज दियाली, राजु मंग्राती, सिमा नेपाली, श्याम परियार, पनिलाल राम, टंक लकान्दी, बलराम तोलाङ्गे, सिताराम परियार, पुष्कर रोका, रेश्मा विश्वकर्मा, प्रदिप परियार, आर्य नेपाली, राजेश नेपाली र भुवन परियार रहेका छन् । बाँकी दुई सदस्य पछि थप गर्ने मोर्चाले जनाएको छ ।

भेलामा क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्मा प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सचिव प्रकाशको विशेष आतिथ्यता र मोर्चाको केन्द्रीय कार्यालय सदस्य शोभा विश्वकर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेक बहादुर विश्वकर्माले दलितमाथिको उत्पीडन अन्त्य गर्न लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था असफल भएको आरोप लगाउनुभयो । उहाँले नेपालको संविधान २०७२ मा समेटिएका दलित अधिकारहरु जनतामाझ भ्रम फैलाउने उद्देश्यले मात्र राखिएको टिप्पणी गर्नुभयो । “दलित समुदायमाथिको ऐतिहासिक अन्याय, सामाजिक बहिष्कार, संरचनागत विभेद र राज्यपोषित उत्पीडन हटाउने इच्छाशक्ति वर्तमान व्यवस्थासँग छैन । संविधान जारी भएको दस वर्ष पुग्दासम्म पनि दलित अधिकार कार्यान्वयन हुन नसक्नु विडम्बना हो । संविधानमा तीन वर्षभित्र कानुन बनाएर लागू गर्ने बाध्यकारी व्यवस्था थियो, तर आजसम्म कार्यान्वयन हुन नसकी म्याद गुज्रिसकेको छ,” संयोजक विश्वकर्माले भन्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँ जिल्ला समितिका सचिव केदार खतिवडाले कार्यक्रममा बोल्दै वर्गीय जातीय राष्ट्रिय मुक्ति आन्दोलनको यात्रा हो भन्नुभयो। दलितमुक्ति वर्गमुक्ति दलितमाथिको शोषण जातीय विभेद मात्र होइन उहाँले दलितमाथिको शोषण केवल जातीय शोषण मात्र नभईकन यो शोषण दलित यो शोषण सामन्तवाद र दलाल पुँजीवादी चरित्रसँग गाँसिएको पनि स्पष्ट गर्नुभयो। दलित मुक्ति बिना श्रमजीवी वर्गको मुक्ति सम्भव छैन उहाँले भन्नुभयो।

नेपालमा दलितको सङ्ख्या १३ % रहेको तर उनीहरूको साक्षरता दर ६२ % मात्र रहेको छ । दलित महिलामा साक्षरता दर ४५ % भन्दा पनि कम छ। ४५% दलित परिवार भूमिहीन छन्। ५% भन्दा कम औपचारिक रोजगारीमा प्रतिनिधित्व गर्दछन् । सामाजिक मुक्ति, आर्थिक मुक्तिसँग उनीहरूको मुक्ति जोडिएको छ उहाहाले भन्न्ुा भयो ।

६ सदस्य कार्यालय पनि भेलाबाट तय गरिएको छ जसमा रुपेश रम्तेल, सिमा नेपाली,बेदराज दियाली, राजु मंगराती, श्याम परियार र टङ्क लोकान्द्री रहनुभएको छ। भेलाले आगामी भाद्र १७ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने र आगामी माघ १६ गते शुक्रबारको दिन काठमाडौँ जिल्ला सम्मेलन गर्ने समेत कार्यक्रम तय गरेको छ।

भेलाको अध्यक्षता रुपेश रम्तेल, सन्चालन राजु मगरातीले गर्नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?