क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको युवा-विद्यार्थीको कार्यशाला सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्यूरोको आयोजनामा युवा र विद्यार्थी मोर्चाको एक दिने कार्यशाला २०८२ साउन ३१ गते सम्पन्न भयो ।

ब्यूरो स्तरीय कार्यशालाको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिकले कार्यशालाको ब्यानर पढेर गर्नु भएको थियो ।

कर्यशालामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिकले लेनिनवादी संगठनात्मक सिद्धान्त, पोलिट्ब्युरो सदस्य दिनेश शर्माले पार्टी र जनवर्गीय संगठनको अन्तर्सम्बन्ध , पोलिटब्युरो सदस्य रामबहादुर बुढाले क्रान्तिकारी आन्दोलनमा युवा र विद्यार्थीको भूमिका, पोलिटब्युरो सदस्य चिन्तामणि पौडेलले संगठनात्मक र आर्थिक नियमावली, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय संयोजक सूर्य तिमिल्सिनाले युवा आन्दोलनबारे र अखिल ( क्रान्तिकारी ) का केन्द्रीय संयोजक महेश श्रेष्ठले विद्यार्थी आन्दोलनको इतिहासबारे विषय प्रस्तुत गर्नु भएकोथियो ।

कार्यशालाको अध्यक्षता चिन्तामणि पौडेल, सन्चालन विद्यार्थी नेता प्रबेश रुम्बा, स्वागत युवा मोर्चाका नेता असल वाईवाले गर्नु भएको थियो । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?