Blog

यो निर्वाचन बहिष्कारलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं : परि थापा

यो निर्वाचन बहिष्कारलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं : परि थापा

–परि थापास्थायी समिति सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ( क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले ६ राजनीतिक दलले २०८२ माघ ५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमका सन्दर्भमा व्यक्त विचार ) हाम्रो कुरा के हो भन्ने कुरा ब्यानरमै प्रष्ट लेखिएको छ। स्वाधीन संयुक्त जनसरकार निर्माण गर्ने, र यो नारालाई जनताको बीचमा लिएर जाने हामीले सोचाइ बनाएका छौं । हाम्रो देश नवऔपनिवेशिक अवस्थामा जकडिएको देश हो। १८१६ मा सुगौली सन्धि भएपछि नेपाल अर्ध औपनिवेशिक अवस्थामा रूपान्तरित भएको थियो । यहाँको अर्थ सामाजिक अवस्था अर्ध सामन्ती अबस्थामा त छँदै थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्राज्यवादको नेतृत्वमा कथित विश्व…
Read More
मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीमा क्रान्तिकारी युवा संघको कालो ब्यानर !

मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीमा क्रान्तिकारी युवा संघको कालो ब्यानर !

नवलपरासी : क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीले सदरमुकाम परासीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर टागेर बिरोध जनाएको छ । आइतबार साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनले राजनैतिक निकास दिन नसक्ने बताउदै संघले स्वाधीन संयुक्त सरकारको माग गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघले दलाल एवं भ्रष्ट संसदीय ब्यवस्था अन्तरगत हुने निर्वाचनले युवा एवं जनताको अधिकार् सुनिश्चित नहुने प्रष्ट पारेको छ ।
Read More
क्रान्तिकारी युवा संघ नेपालले गर्यो मन्त्री गुप्तालाई बुझाएको ४३ बुदे माग सार्वजनिक

क्रान्तिकारी युवा संघ नेपालले गर्यो मन्त्री गुप्तालाई बुझाएको ४३ बुदे माग सार्वजनिक

जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने संयोजक तिमल्सिनाको चेतावनी काठमाडौं : क्रान्तिकारी क्युनिस्ट पार्टीसहिति ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कारमा क्रान्तिकारी युवा सङ्घ नेपालले सक्तत सहभागिता हुने जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त वहिस्कार गर्ने चेतावनी दिए । तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुद मन्त्री बब्लु गप्ता मार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको…
Read More
६ वटा कम्युनिस्ट पार्टीको पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा

६ वटा कम्युनिस्ट पार्टीको पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवलाई संयोजक तोकेको छ । सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त संघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहुति, राजेश्वरी सुवेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह सदस्य रहनुभएको छ । केन्द्रीय संयुक्त संघर्ष समितिको नाममा संयोजक सीपी गजुरेलले जारी गरेको प्रेस वक्तव्यमा देशका ७७…
Read More
केन्द्रीय संयुक्त संघर्ष समितिले भने ‘अवस्था फेर्न व्यवस्था फेरौं !’

केन्द्रीय संयुक्त संघर्ष समितिले भने ‘अवस्था फेर्न व्यवस्था फेरौं !’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले ‘अवस्था फेर्न व्यवस्था फेरौं’ भन्दै आम श्रमजीवी जनतामा एक अपिल जारी गरेको छ । ‘अवस्था फेर्न व्यवस्था फेरौं !,आम नेपाली जनताको प्रतिनिधित्व गर्ने स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने निर्वाचन बहिष्कार गरौं !!’ भन्ने मूल नरााका साथ जारी गरिएको अपिलमा भनिएको छ, “भाद्र २३ र २४ को जेन जी विद्रोह पछिको नेपालको राजनैतिक स्थितिमा अहिले नयाँ मोड आएको छ । त्यस विद्रोहको मुख्य कारण २०६२ मंसिरमा कांग्रेस, एमाले लगायतका दलहरूका प्रमुख नेतृत्व र तत्कालीन नेकपा (माओवादी) को नेतृत्व बीच दिल्लीमा भएको…
Read More
भेनेजुएलाकै जस्तो खतरा हाम्रै आँगनमा ल्याउने डिजान छ : महासचिव सिपी गजुरेल ‘गाैरव’

भेनेजुएलाकै जस्तो खतरा हाम्रै आँगनमा ल्याउने डिजान छ : महासचिव सिपी गजुरेल ‘गाैरव’

काठमाडौं : भेनेजुएलाको सार्वभौमिकतामाथि अमेरिकाले गरेको सैन्य आक्रमणका विरुद्ध भेनेजुएलाका जनता तथा साम्राज्यवादका विरुद्ध भइरहेको विश्वव्यापी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सातवटा कम्युनिस्ट पार्टीका नेताहरुले सुशिला कार्की नेतृत्वको सरकारले गर्न लागेको चुनाव साम्राज्यवादी डिजाइनमा हुन लागेको भन्दै यो चुनाव कुनैपनि हालतमा हुन नदिने उद्घोष गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले भेनेजुएलामाथि अमेरिकाले थोपरेको अन्यायपूर्ण युद्ध भेनेजुएलाका जनताको न्यायपूर्ण युद्धबाट पराजित हुने दावी गर्दै नेपालमा पनि अमेरिकाले आफ्नो भूमिका घनिभूत रुपमा बढाइरहेकोले नेपाली जनतालाई त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले एमसीसी सम्झौतापछि अमेरिका नेपालमा एसपीपी सम्झौता गराउन लागिपरिरहेको भन्दै एसपीपी सम्झौतापछि नेपालमा…
Read More
क्रान्तिकारी युवा संघ नेपालका नेता शंकर शाही १३ दिनपछि रिहा

क्रान्तिकारी युवा संघ नेपालका नेता शंकर शाही १३ दिनपछि रिहा

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य शंकर शाही आज रिहा हुनुभएको छ । शाहीलाई माओ दिवसका दिन पौष ११ गते रत्नपार्कबाट प्रहरीले गिरफ्तार गरेको थियो । सर्बोच्च अदालतको आदेशमा उहाँ बुधबार १३ दिन पछि हिरासत मुक्त हुनुभएको हो । शाहीलाई काठमाडौंको जिल्ला प्रहरी कार्यालयमा स्वागत गर्न सुकुम्बासी मोर्चाका संयोजक भीम चापागाई, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रसुवाका बद्रि चापागाई र युवा मोर्चाका संयोजक सुुर्य तिमिल्सीना प’नुभएको थियो ।
Read More
भेनेजुएलाको स्वाधीनतामाथिको अमेरिकी हस्तक्षेपका विरुद्ध बिरोध सभा सम्पन्न

भेनेजुएलाको स्वाधीनतामाथिको अमेरिकी हस्तक्षेपका विरुद्ध बिरोध सभा सम्पन्न

गोविन्द पौडेल/काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं ब्यूरोले भेनेजुएलामाथि गरेको अमेरिकी हस्तक्षेपका विरुद्व ललितपुरको लगनखेलमा बिरोधसभा सम्पन्न गरेको छ । सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९नं व्युरोका ईन्चार्ज दिनेश शर्मा सागरले सम्बोधन गर्दै जहाँ जहाँ राष्ट्रिय स्वाधीननताको पक्षमा स्वभिमानपूर्वक उभिन्छ, त्यहाँ त्यहाँ अमेरिकी हस्तक्षेप हुने गरेको दावी गर्नुभयो । भेनेजुएलाले साम्राज्यवादले बेलगाम लुटिरहेको तेल खानीहरुलाई जब राष्ट्रियकरण गर्दै भेनेजुएली जनताको साझा सम्पत्ति बनाइयो, त्यतिखेरदेखि नै अमेरिकी साम्राज्यवादले गिद्देनगर लगाउन थालेको बताउनु भयो । भेनेजुएला र भेनेजुएली जनताको बिरुद्व हुँदै नभएको अफवाह फैलाउदै आएको अमेरिकाले शनिवार राति सार्वभौम सम्पन्न राष्ट्रमाथि डकैती शैलिबाट आक्रमण गरी त्यहाँको राष्ट्रपति मादुरो र उनकी…
Read More
संसदीय निर्वाचन बहिष्कार गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुरको अपिल

संसदीय निर्वाचन बहिष्कार गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुरको अपिल

कुमार भट्टराई/ललितपुर : “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !! भ्रष्टाचार विरोधी संघर्ष तीब्र पारौं !!!’ भन्ने मूलनाराका साथ पत्रकार सम्मेलन सम्पन्न गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला समितिको आयोजनामा ललितपुरको लगनखेलस्थित साझा पार्टी प्यालेसमा गरिएको पत्रकार सम्मेलनमा पार्टीका ९ नं ब्यूरोका सेक्रेटरी चिन्तामणि पौडेलले फागुन २१ को निर्वाचन सशक्त रुपमा बहिस्कार गरिने बताउनु भयो । उहाँले ललितपुर जिल्लाका सम्पूर्ण न्यायप्रेमी, देशभक्त, श्रमिक, किसान, युवा, विद्यार्थी, राष्ट्रिय पुँजीपति, बुद्धिजिवी, पत्रकार तथा आम जनसमुदायको ध्यानाकर्षण गराउन पत्रकार सम्मेलन गरिएको पनि स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट एक प्रेस वक्तव्य समेत जारी…
Read More
राष्ट्रपति मदुरो दम्पत्ति अपरहणकाविरुद्ध ७ कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन

राष्ट्रपति मदुरो दम्पत्ति अपरहणकाविरुद्ध ७ कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ७ वटा कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति मदुरो दम्पत्तिको अपहरणका विरुद्ध विरोध प्रदर्शन गरिएको छ । माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल आहुति, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, नेकपा (जनपक्ष)का नेता बसन्त बोगटी लगायतले अमेरिकी साम्राज्यवादले भेनेजुएलाको स्वाधीनता र सार्वभौमिकताका विरुद्ध गरेको सैन्य आक्रमण र राष्ट्रपति मादुरो दम्पत्तिको अपहरणको घोर निन्दा एवम् भत्र्सना गर्नुभएको छ । र, राष्ट्रपति मादुरो दम्पत्तिलाई…
Read More