
दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी दाङ जिल्ला समितिले मन बहादुर ओलीको गिरफ्तारीको घोर निन्दा एवम् भत्सर्ना गरेको छ । समितिका सेक्रेटरी दीपले फागुन १२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको निन्दा एवम् भत्सर्ना गर्नु भएको हो । उहाँको गिरफ्तारीपछि जनताका मौलिक हक समेत कुण्ठित हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ र उहाँलाई विना शर्त तत्काल रिहाइको माग गरिएको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ –
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी नोल तुलसीपुर उपमहागरपालिका सेक्रेटरी कमरेड मान बहादुर ओलीलाई आफ्नै पसलमा बसिरहेको अवस्थामा वर्तमान कठपुतली सरकारले गिरफ्तार गरेर लिएर गएको छ । यस घट्नाप्रति हाम्रो पार्टीले घोर निन्दा एवम् भत्सर्ना गर्दछ । गिरफ्तार कमरेड मनबहादुर ओलीको तत्काल रिहाइको माग गर्दछ । यो घटनाले जनताले २०६२ –६३मा प्राप्त अधिकारलाई कुण्ठित गर्ने र जनतालाई प्राप्त संवैधानिक मौलिक हक माथि समेत आघात पुग्न गएको ठहर गर्दछ ।
