
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तीन केन्द्रीय सदस्यलाई प्रहरीले सुर्खेतबाट गिरफ्तार गरेको छ । सम्बद्ध पार्टी स्रोतका अनुृसार केन्द्रीय सदस्यहरु नारायण न्यौपाने, कर्ण बिसी र रत्न वलीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रतिक्रियावादी संविधानले प्रदान गरेको वाक तथा प्रेस स्वतन्त्रताको समेत धज्जी उडाउँदै गरिएको गिरफ्तारीको घोर विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गिरफ्तार नेताहरुको अविलम्ब विनाशर्त रिहाइको जोडदार माग गरेको छ ।
नेताहरु गिरफ्तारीमा परे लगत्तै पार्टीका ब्यूरो सेक्रेटरी प्रकाशउर्जाले एक प्रेस वक्तव्य जारी गरी गिरफ्तार नेताहरुलाई अविलम्ब विनाशर्त रिहाइ गर्न जोडदार रुपमा माग गर्नुभएको हो ।