Blog

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे सुचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे सुचना

माघ ११ गते । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गर्ने जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको छ ।  परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनु पर्ने गुनासो बढेपछि त्रिविले सहज रूपमा सेवा दिने जनाएको छ । तर प्राविधिक रूपमा कति प्रभावकारी हुने भन्नेमा विद्यार्थीहरू विस्वास्त हुन सकेका छैनन् ।  हेर्नुहास सुचना:
Read More
बजारमा डिजेलको खपतमा कमी

बजारमा डिजेलको खपतमा कमी

माघ ११ गते ।आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेकाे छ ।  निगमकानुसार विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको हाे । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको हाे ।  गत वर्षदेखि आर्थिक सङ्कटका कारण तीव्र गतिमा काम हुन सकेको छैन जस्ले गर्दा पनि डिजेलको खपतमा कमी आएको हो । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र…
Read More
रुसी विमान युक्रेनले खसाएकाे आरोप, ७४ जनाको मृत्यु

रुसी विमान युक्रेनले खसाएकाे आरोप, ७४ जनाको मृत्यु

काठमाडौं : चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए । उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’…
Read More
राष्ट्रिय सभा निर्वाचन हुँदै, निर्वाचनको नतिजा ३–४ घण्टाभित्र आजै सार्वजनिक गर्ने

राष्ट्रिय सभा निर्वाचन हुँदै, निर्वाचनको नतिजा ३–४ घण्टाभित्र आजै सार्वजनिक गर्ने

काठमाडौं : राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा…
Read More
माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ

काठमाडौं : माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् । उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो । रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन् । ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी…
Read More
सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याउन दिइयाे निर्देशन

सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याउन दिइयाे निर्देशन

काठमाडौं : सानादेखि ठूला आकारका सहकारी संस्थाले सर्वसाधारणको निक्षेप हुरेलधुरेल गरेर समस्या निम्त्याउने क्रम झनै उच्च हुन थालेपछि सरकार एक कदम अगाडि बढेको छ । त्यस्ता सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंक गुहारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधा दर्जन ठूला सहकारी र अन्य तीन वित्तीय संस्थालाई राष्ट्र बैंकको ‘राडार’ मा ल्याउन औपचारिक पत्राचार गरेको छ । सहकारी विभागले त्यस्ता ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । विशेषज्ञ जनशक्ति नभए पनि विभागले तालुक मन्त्रालयमार्फत ६ ठूला सहकारी र तीन विषयगत संस्था अनुगमन र लेखा जाँच गर्न राष्ट्र…
Read More
अखिल (क्रान्तिकारी)द्धारा सिटिईभिटीको केन्द्रीय कार्यालय घेराउ

अखिल (क्रान्तिकारी)द्धारा सिटिईभिटीको केन्द्रीय कार्यालय घेराउ

काठमाडौं : मिलन राईले नेतृत्वको गरेको अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय आज घेराउ गरेको छ । राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय कार्यालय घेराउ सहितको विरोध प्रदर्शन गरेको हो । प्राविधिक शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य गर, आर्थिक चलखेलका आधारमा दिन खोजिएको स्वास्थ कार्यक्रमको सम्बन्धन प्रक्रिया खारेज गर, चिकित्सा ऐन विपरित चलखेलका आधारमा दिन खोजिएको नर्सिङको सन्चालन अनुमति खारेज गर, कथित शिक्षा समितीको निर्देशन खारेज गर, सिटिईभिटीलाई बिचौलिया मुक्त गर, मधेश प्रदेशमा मेरिट भर्ना र छात्रवृत्तिमा बदमासी गर्ने कर्मचारीलाई कारबाही गर, बदमासी गर्ने शिक्षण संस्थाको संम्बन्धन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।
Read More
अख्तियारको फन्दामा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव

अख्तियारको फन्दामा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव

अख्तियारको फन्दामा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव ।  माघ १० गते ।सेवाग्राहीको काम गर्नका लागि घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएकाे टाेलिले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाइ पक्राउ गरेकाे छ ।आयोगले टाेलिले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।उनीहरूलाइ अपराह्न ४ बजेर २० मिनेटमा कार्यालयबाटै नियन्त्रणमा लिएको हो । ललितपुर नापी कार्यालयका प्रमुख उमेशकुमार साहले ती सेवाग्राहीसँग घुसको डिल गरेका थिए ।तर आयोगको टोली कार्यालयमा प्रवेश गर्नासाथ…
Read More
अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय: प्रचण्ड

अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय: प्रचण्ड

माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ । नेपालको कृषि, उद्योग, पर्यटन, वाणिज्य, व्यापार र सेवा लगायतका क्षेत्रमा लगानीका माध्यमद्वारा उच्च योगदान पुर्‍याएको बताउँदै ५९ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ ।  शुभकामना सन्देश मार्फत उहाँले वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्कले स्थापनाकालको ५९ औँ वर्ष प्रवेश गर्न लागेको जानकारी पाउँदा खुसी लागेको बताउनुभएको छ । माघ १० गते बुधवार देखि यो बैङ्क ५८ वर्ष पुरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ ।  बैकले आफ्नो सेवा तथा सुविधाहरूमा समसामयिक सुधार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
Read More