अख्तियारको फन्दामा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव ।
माघ १० गते ।सेवाग्राहीको काम गर्नका लागि घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएकाे टाेलिले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाइ पक्राउ गरेकाे छ ।
आयोगले टाेलिले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनीहरूलाइ अपराह्न ४ बजेर २० मिनेटमा कार्यालयबाटै नियन्त्रणमा लिएको हो । ललितपुर नापी कार्यालयका प्रमुख उमेशकुमार साहले ती सेवाग्राहीसँग घुसको डिल गरेका थिए ।
तर आयोगको टोली कार्यालयमा प्रवेश गर्नासाथ कार्यालय सहयोगी सावित्री बमले हतार हतार सूचना दिएपछि उनी मास्क लगाएर भागेका थिए । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।