क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?