Blog

फूलको प्रेम!

फूलको प्रेम!

गोविन्द शाही म तिर बढ्नमनतिर माया बढाउनउसले फुल्दै गरेको,गुलाबका पत्रहरूमामाया पोखेरअँजुलीमा राखिदियोत्यो दिन;कोपिला चुँडियोबगैँचा रित्तियो, म भरिए। अनि हरेक दिनम रित्तिए बगैँचा भरिदै गयोथाहै भएन मनलाईमायाका पत्रहरू, मायामा पात्रहरूखोलासँग छुटेको कुलोझैँभोलि, सुकेर जान्छ भनेर। अबमलाई टिप्न मन पर्दैनमन नलाई नलाईकसैले टिपेका फुल्दै गरेका फूलहरूमलाई लिनु छैनआफ्ना भावनाहरूआफ्नै हातलेअब टिप्नु छैन मनलाईकसैको अन्झुलीमाआफ्नै जिन्दगीहरू सुन नसक्छौ भनेमलाई फूल नदेऊ न लबरू मलाई फुल्न देऊतिम्रो मनको बाटो सम्ममलाईफूलको माया होइनफूलमा माया होइनफुल्नुको माया छफुल्नुमा माया छमेरो जिन्दगी तिम्रो आँगनसम्म @itsgoblinofficial
Read More
क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि थप्नेगरी २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीमा संयोजक– असल वाइवा, सहसंयोजक– वीलबहादुर तामाङ, हरि विक र विकल्प रहेका छन् ।  त्यसैगरी सदस्यहरूमा रामशरण केसी, किरण सिटौला, इन्द्र नगरकोटी, सबिन बज्राचार्य, सेरमान पाख्रीन, दिपक ओझा, अशोक तामाङ, निमत खड्का, दिनेश बुढाथोकी, सन्तोष कार्की, जेम्स थापा, विकेन्द्र श्रेष्ठ, पृथ्वी भुजेल लगायत रहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सुदर्शनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलामा कार्यालय सदस्य तथा युवाका…
Read More
लघुबित्तको हाकिम दिपेन्द्र कट्टेललाई दलियाे कलोमोसो

लघुबित्तको हाकिम दिपेन्द्र कट्टेललाई दलियाे कलोमोसो

सुर्खेत : देशब्यापी रुपमा लघुबित्त र सहकारी बिरुद्द चर्को आवाज उठिरहेको बेला सुर्खेतमा रहेको डिप्रोक्स लघुबित्तको हाकिम दिपेन्द्र कट्टेल लाई कलोमोसो दलिएको छ । एकातिर लघुबित्त पिडितहरु भन्दै आन्दोलनरत छन् भने दुर्गा प्रसाईंको नेतृत्वमा पनि बैंक सहकारी र लघुबित्त बिरुद्द आन्दोलनरत रहँदा बैधेको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठन क्रान्तिकारी युवा संगठनले पनि आज सुर्खेतको डिप्रोस लघुबित्तका हाकिम कटेललाई कार्यकक्षमै पुगि कालोमोसो दलेको छ । यता क्रान्तिकारी युवा संगठनले संस्थाले असुल गरिसकेको रकम सदस्यहरु संग पटक- पटक माग्ने तथा यातना दिने गरेको,रकम असुलिको नाममा जनतालाई त्रसित गरि घरवार छोड्न बाध्य पारेको,संस्थाको रकम दिन नसक्ने महिला माथिहातपात गर्ने र चरित्र…
Read More
हुम्लाकाे विकट गाउँमा माेटर पुग्दा स्थानिय खुशी

हुम्लाकाे विकट गाउँमा माेटर पुग्दा स्थानिय खुशी

माघ २५ गते । हुम्लाकाे सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन्। स्थानीयको वर्षौँदेखि गाउँमा गाडी गुडाउने सपना यति बेला आएर पुरा भएकाे हाे । उक्त गाउँका स्थानीयकाे वर्षौँदेखिको घरआगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहाना पुरा भएकाले यसबाट हरेक कुरामा सहज हुनेछ । यसरी सडक सञ्जाल चाँडै जोडिएला भन्ने नसोचेकै बेला सडक निर्माण भएर एक साथ छ वटा बोलेरो जिप गाउँमा आई पुगेपछि स्थानीय अचम्मित मात्र नभएर खुसी समेत देखिएका छन । अब गोठी गाउँमा गाडी मात्र पुगेको छैन गाउ नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । गाउँमा ताँती लागेर आएका यात्रुले भरिएका बोलेरो…
Read More
आज नेपाल र क्यानडा भिड्दै

आज नेपाल र क्यानडा भिड्दै

माघ २५ गते । आजबाट नेपाल र क्यानडाबिच तीन दिने एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
Read More
ताप्लेजुङमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट

ताप्लेजुङमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट

माघ २४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो । गाउँपालिकाका अध्यक्ष यकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार सान्थाक्राका स्थानीय प्रतिमान विश्वकर्माको घर आगलागी भएको हो । आगलागीले विश्वकर्माको घर पूर्णरुपमा जलेर नष्ट अध्यक्ष हाङ्गामले बताउनुभयो । डढेलोका कारण घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री नष्ट भएको पनि उहाँले जानकारी दिनुभयो । सान्थाक्रा र वडा ३ खाम्लुङको सिमानामा रहेको साक्फारा वनमा मङ्गलबार दिउँसोदेखि डढेलो सुरु भएको थियो । वनमा लागेको डढेलो तत्काल नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, प्रहरीलगायतले कोसिस गरे पनि हावाहुरीका कारण सम्भव नभएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । वनमा…
Read More
स्कुल र यसको महत्व–सुदर्शन

स्कुल र यसको महत्व–सुदर्शन

‘दर्शनको समग्र इतिहास दुई परस्पर विरोधी दार्शनिक विचारधारा : आदर्शवाद र भौतिकवादबीचको सङ्घर्ष र विकासको इतिहास हो । सम्पूर्ण दार्शनिक धारा र स्कुल यी दुई मौलिक स्कुलका अभिव्यक्तिहरू हुन् ।’—माओ, द्वन्द्वात्मक भौतिकवाद, १९३८, क्रान्ति प्रकाशन सेकुन्दराबाद भारतद्वारा प्रकाशित माओ चुनिएका रचनाको अङ्ग्रेजी संस्करण, ग्रन्थ ६, पृ.२२० ।बोलचालको भाषामा स्कुल भन्दा हामी विद्यालय, शिक्षालय र शैक्षिक संस्थालाई बुझ्दछौँ । यो पदावली ग्रिक भाषाको कअजयभि बाट आएको हो । यसको अर्थ हुन्छ— फुर्सत । त्यही फुर्सतको उपयोगलाई त्यति बेला स्कुल भनिन्थ्यो । फुर्सत भनेको व्यापार, जागिरको खोजी, घरेलु काम, शिक्षा, खानपिन, सुताइजस्ता आवश्यक गतिविधिहरूबाट टाढा रहेर बिताएको समय हो । तर आज…
Read More

जनसम्बन्धलाई सुदृढ गराैं !,चार “स” अभियान पुरा गराैं !!

चार "स" अभियान भनेको १) सम्पर्क,२) सम्बन्ध,३) संगठन,४) सम्पर्क भनेर बुझ्नुपर्दछ । यसले क्रान्तिकाे हित हुने गरि मात्रै काम गर्नेछ । यसले संशोधनवादकाे भण्डाफाेर गर्दै प्रतिक्रियावादी राज्यसत्ता पुँजीवादी - संसदवाद विरुद्ध संघर्ष चलाउने छ । नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापना गर्न काम गर्नेछ । संगठन र संघर्षकाे क्षेत्रमा मजबुत बनाउन काम गर्नेछ । १) अभियानकाे उदेश्यक) राजनीतिक बिचारधारा,संगठन,संघर्ष र अार्थिक क्षेत्रमा अात्मनिर्भर बन्ने र बनाउनेछ ।ख) संगठनहरुकाे निर्माण,सुदृढ र व्यवस्थित गर्नेछ ।ग) जनअाधार ईलाका,जनसंगठन विस्तारको ईलाका र जनसम्पर्क ईलाकाहरु निर्माण गर्नेछ ।घ) WT र PT काे निर्माणमा मुख्य जाेड दिनेछ । २) अभियानकाे काम कारबाहीक) जिल्ला संगठन समितिका अघिल्ला…
Read More
बन्द उद्योग सञ्चालन हुनु पर्छ

बन्द उद्योग सञ्चालन हुनु पर्छ

लेखक : धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रचण्डको नेतृत्वमा बनेको सरकारले आकर्षक देखिने दुईवटा कामहरु अगाडि बढाएको छ । ती हुन, बन्द उद्योगहरु संचालन गर्ने र राष्ट्रिय सम्पत्ति हिनामिना गर्नेहरुलाई कार्बाही गर्ने । उसोत, नक्कली भुटानी सरणार्थी प्रकरण, ललिता निवास काण्ड, वायुसेवा निगममा हुने भ्रष्टाचार सम्बन्धि अनुसन्धानका र सुन तस्करीको जालो च्यात्ने अभियानहरु पनि चलाईएकै हुन् । देशमा भ्रष्टाचार, तस्करी, घुसखोरी, मिटरब्याजी, लघुबित्तीबन्द उद्योग सञ्चालन हुनु पर्छय लुटपाट, बैकहरुबाट जनताको उठिबास जस्ता समस्याले जेलिएको देशमा सरकारबाट संचालन गरिने यस्ता कार्यबाहीलाई सामान्यतया पार्टी चलाउन दाम कमाउने अभियानको रुपमा बुझिन्छ । सरकारमा हुनेले अभियान चलाउने र प्रतिपक्षमा हुनेले त्यहि अभियानले “देश बर्बाद भयो”, “जनताले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की, तनहुँ र नवलपुरको बैठक तथा प्रशिक्षण सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश समितिको बैठक लगत्तै प्रदेश अन्तरगतका जिल्लाहरू कास्की, तनहुँ र नवलपुरमा क्रमस: २०८० माघ १८, १९ र २० गते बैठक, बैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कास्की, तनहुँ र नवलपुरमा क्रमस: जिल्ला संयोजक सुजन, नविन र प्रतापले सञ्चालन र अध्यक्षता गरेका थिए। कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज आजाद, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक अनुकुल, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक रुपेश र केन्द्रीय सचिवालय सदस्य जितले प्रशिक्षण दिएका थिए । कास्कीमा जिल्ला इन्चार्ज किशोर, तनहुँमा जिल्ला इन्चार्ज रवी र जिल्ला सहइन्चार्ज सङ्गिन र नवलपुरमा जिल्ला इन्चार्ज…
Read More