Blog

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले दिए श्रद्धाञ्जली तथा समवेदना

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले दिए श्रद्धाञ्जली तथा समवेदना

काठमाडौं : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले संगठनका केन्द्रीय सदस्य हरिप्रसाद दाहालकी जीवनसंगिनी कमलादेवी दाहालको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतक कमलादेवी दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनका अध्यक्ष सीताराम तामाङ र महासचिव धनेश्वर पोखरेलको संयुक्त हस्ताक्षरमा जारी श्रद्धाञ्जली वक्तव्यमा केस हरिप्रसाद ढकाल लगायत शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । कमलादेवी दाहालको २०८० साल चैत्र २७ गते ७३ वर्षको उमेरमा झापाको अर्जुनधारा नगरपालिका वडा नंं ९ स्थित आफ्नै निवासमा निधन भएको थियो । मृतक दाहालका श्रीमान हरिप्रसाद दाहाल, छोरा बुहारीहरु र नातिनातिनीहरु रहेका छन् ।
Read More
रामेछाप–भँगेरीमा पुष्पलाल–गङ्गालालको सालिक अनावरण, सिर्जनानगरमा युद्ध–कला सङ्ग्रहालय भवन उद्घाटन

रामेछाप–भँगेरीमा पुष्पलाल–गङ्गालालको सालिक अनावरण, सिर्जनानगरमा युद्ध–कला सङ्ग्रहालय भवन उद्घाटन

राजु कश्य,सिर्जनानगर (रामेछाप) : नेकपाका संस्थापक महासचिव पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको जन्मस्थल भँगेरी (रामेछाप) मा पुष्पलाल–गङ्गालालको सालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनको प्रमुख आतिथ्यमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष एवम् पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक लोककृष्ण भट्टराईसहित वामपन्थी नेता–कार्यकर्ता र बौद्धिक समुदायका बीचमा दुई लालको सालिक अनावरण गरिएको हो । निरङ्कुश राणा शासनविरुद्ध गठित मुक्ति सेनाका योद्धा एवम् कवि हितप्रसाद उपाध्याय र सामाजिक रूपान्तरणकी अभियन्ता जूनमाया सुवेदीको स्मृति र सम्मानमा २०६३ सालमा स्थापित हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा उक्त प्रतिष्ठानले २०७० साल माघमा निर्माण गराएको दुई लालको सालिक पुष्पलाल जन्मशताब्दीका अवसरमा…
Read More
विप्लव नेतृत्वकाे नेकपाले २०८४ को आम निर्वाचनमा भाग लिने

विप्लव नेतृत्वकाे नेकपाले २०८४ को आम निर्वाचनमा भाग लिने

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकअघि बसेको पोलिटब्यूरो बैठकले यसलाई पारित गरेको नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए । आजदेखि सुरू बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रूपले सुदृढ गरौैं, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने योजना सहितको प्रस्ताव पेस गरेका छन् । बैठकमा विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताए । सम्बोधन गर्ने क्रममा उनले ‘चुनावलाई कार्यनीति…
Read More
अखिल (क्रान्तिकारि)ले शिक्षा निर्देशिका विपरीत शुल्क लिएकोप्रति २४ घण्टे अल्टिमेटम

अखिल (क्रान्तिकारि)ले शिक्षा निर्देशिका विपरीत शुल्क लिएकोप्रति २४ घण्टे अल्टिमेटम

सुर्खेत ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु क्रान्तिकारी ले शिक्षा निर्देशिका विपरीत शुल्क लिएको प्रती अनेरास्ववियुले २४ घण्टे अल्टिमेटम दिएको हो । नयाँ शैक्षिकसत्र सुरुवात भए संगै तमाम खाले विकृती विसंगति भएको ठहर गर्दै अनेरास्ववियु क्रान्तिकारीले सच्चिन अल्टिमेटम दिएको जनाएको छ । बुधबार अनेरास्ववियु क्रान्तिकारी ६ नम्बर प्रदेश समितिले एक प्रेस बिज्ञपति जारी गर्दै चेतावनी दिएको हो । शिक्षा आमनागरिकको मौलिक र नैसर्गिक अधिकार भएको ले यसको पुर्ण दायित्व राज्यले बेहोर्नु पर्ने स्पष्ट धारणा हुदाहुदै विभिन्न बाहानामा संस्थागत बिध्यालयहरुले प्रत्येक बर्स भर्ना शुल्क लिने , टाइ बेल्ट ड्रेस र किताबमा कमिसन खाएर एउटै ठाउँबाट किन्न बाध्य पार्ने जस्ता विषयले…
Read More
सल्यानमा बस दुर्घटना,घाइते सबैको पहिचान खुल्यो

सल्यानमा बस दुर्घटना,घाइते सबैको पहिचान खुल्यो

काठमाडाैँ : आज विहान दाङको घोराहीबाट रुकुमकोटका लागि छुटेको बस दुर्घनामा घाइते सबैको पहिचान खुलेको छ । घाइते २२ जना मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गम्भीर घाइते ४जनालाई नर्सिंङहोम नेपालगंज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक निमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, सोही ठाउँकै ६ वर्षीय रेशम पुन, दाङ नारायणपुर नगरपालिका ४ रक्षाचौरका २६ वर्षीय खिमा विक र तुल्सिपुर उपमहानगर पालिका ४ का गाडी साहु ४६ वर्र्षीय विष्णु विकलाई नर्सिंङहोम नेपालगंज रेफर गरिएको हो । अन्य ५…
Read More
सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

काठमाडौँ : जनसर्वसाधारणले निकै दुःख कष्ट गरेर खाइ नखाइ सहकारीमा बचत गरेको रकममा व्यापक हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरिएको छ । पीडितहरुले आफ्नो बचत फिर्ता गराइदिन हारगुहार गरे, चरणबद्ध आन्दोलन गरे तर राज्य पीडितलाई न्याय दिलाउन होइन, पीडकहरुकै संरक्षणमा उत्रिएको छ । यतिबेला पीडकमध्येका एक मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सरकारको उपप्रधान तथा गृहमन्त्री छन्, उनैको संरक्षण सरकार लागेको छ । सहकारी पीडितहरु महिनौदेखि सडक संघर्षमा छन्, तर सरकार उनीहरुको आवाज सुन्दैन । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरिदिएको छ । सत्तास्वार्थका लागि एमाले, माके…
Read More
अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह रिहा

अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह रिहा

काठमाडाैँ : अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाहलाइ टेकु प्रहरी परिसरले साँझ रिहा गरेकाे छ । उनीहरूलाइ स्वागत गर्न संगठनकाे नेताकार्यकर्ताहरू खादा लगाएर सम्मान गरेकाे जनाएकाे छ। संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह दुबै जनालाइ मंगलबार दिउसाे प्रहरीले अखिल (क्रान्तिकारी)काे केन्द्रीय कार्यालय बागबजारबाट बिनाकारण गिरफ्तार गरेकाे जानकारी सह-संयोजक पेशल दाहालले प्रेस वक्तव्य मार्फत् दिएका छन् । उनले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, 'क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) ले अहिले देशभर "Mission Everyday" अभियान संचालन गरिरहेको छ । जसअन्तर्गत शिक्षा क्षेत्रमा भएका तमाम विकृति, विसंगति र वेथितिका विरूद्ध निर्मम संघर्ष गर्ने…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नं. प्रदेशका संयाेजक महानले दिए लेखकलाई श्रद्धाञ्जी

क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नं. प्रदेशका संयाेजक महानले दिए लेखकलाई श्रद्धाञ्जी

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिले दार्चुला जिल्ला शैलयशिखर नगरपालिका वडा नम्बर ९ भोलिया निवासी पार्टीका ७ नम्बर प्रदेश सदस्य तथा दार्चुलाका संयोजक विष्णुराज लेखक (बिजुभाई) का बुबा देवदत्त लेखकको मिति २०८० चैत २५ गते दिउँसो आफ्‌नै निवासमा ७३ वर्षको उमेरमा निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जी व्यक्त गरेकाे छ । २०८० चैत २६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानले शोक वक्तव्य जारी गर्दै दुखत अवस्थामा आदर्णीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गर्दै बिजुलगायत सिंगो परिवारमा गहिरो समवेदना पनि दिएका थिए । ७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानद्वारा जारी…
Read More
हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जीत

हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जीत

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत निकालेको हो । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । त्यस्तै रोहित पौडेल २० बलमा ३ चौकासहित…
Read More
प्रधानमन्त्री प्रचण्डद्वारा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

प्रधानमन्त्री प्रचण्डद्वारा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौँ : सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन…
Read More