अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले दिए श्रद्धाञ्जली तथा समवेदना

काठमाडौं : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले संगठनका केन्द्रीय सदस्य हरिप्रसाद दाहालकी जीवनसंगिनी कमलादेवी दाहालको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतक कमलादेवी दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संगठनका अध्यक्ष सीताराम तामाङ र महासचिव धनेश्वर पोखरेलको संयुक्त हस्ताक्षरमा जारी श्रद्धाञ्जली वक्तव्यमा केस हरिप्रसाद ढकाल लगायत शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

कमलादेवी दाहालको २०८० साल चैत्र २७ गते ७३ वर्षको उमेरमा झापाको अर्जुनधारा नगरपालिका वडा नंं ९ स्थित आफ्नै निवासमा निधन भएको थियो । मृतक दाहालका श्रीमान हरिप्रसाद दाहाल, छोरा बुहारीहरु र नातिनातिनीहरु रहेका छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?