क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नं. प्रदेशका संयाेजक महानले दिए लेखकलाई श्रद्धाञ्जी

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिले दार्चुला जिल्ला शैलयशिखर नगरपालिका वडा नम्बर ९ भोलिया निवासी पार्टीका ७ नम्बर प्रदेश सदस्य तथा दार्चुलाका संयोजक विष्णुराज लेखक (बिजुभाई) का बुबा देवदत्त लेखकको मिति २०८० चैत २५ गते दिउँसो आफ्‌नै निवासमा ७३ वर्षको उमेरमा निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जी व्यक्त गरेकाे छ ।

२०८० चैत २६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानले शोक वक्तव्य जारी गर्दै दुखत अवस्थामा आदर्णीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गर्दै बिजुलगायत सिंगो परिवारमा गहिरो समवेदना पनि दिएका थिए ।

७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानद्वारा जारी शोक वक्तव्यमा भनिएकाे छ,’दार्चुला जिल्ला शैलयशिखर नगरपालिका वडा नम्बर ९ भोलिया निवासी हाम्रो पार्टी ७ नम्बर प्रदेश सदस्य तथा दार्चुलाका संयोजक विष्णुराज लेखक (बिजुभाई) का बुबा देवदत्त लेखकको मिति २०८० चैत २५ गते दिउँसो आफ्‌नै निवासमा ७३ वर्षको उमेरमा भएको दुखत निधनले हाम्रो सिंगो पार्टीलाई मर्माहत र स्तब्ध बनाएको छ । यस दुखत अवस्थामा आदणीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गर्दै कमरेड बिजुलगायत सिंगो परिवारमा गहिरो समवेदना गरिन्छ । ‘

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?