सिरहा । सर्पको डसाइबाट सर्लाहीको पर्सा गाउँपालिका, सङग्रामपुर निवासी एक महिलाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो।
खातुनलाई चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डसेको थियो। उनलाई तत्कालै जयकाली सर्पदंश उपचार केन्द्र, चोहर्वा सैनिक गण परिसरमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पुर्याइएको थियो। उपचारकै क्रममा साेही अस्पतालमा खातुनको मृत्यु भएको हो।