
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतमा बाढी – पहिरोमा परी मृत्यु, बेपत्ता र घाइते नेपालीहरुको खोजी, उपचार र क्षतिपूर्तिको माग गरेको छ । २०८२ सावन २४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य प्रकाशित गरी सो माग गर्नु भएको हो । प्रेस वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
“भारतको उत्तराखण्ड तथा हिमाचल प्रदेशमा हालैको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी ठूलो संख्यामा नेपाली श्रमिकहरूको मृत्यु भएको छ। र कैयौं बेपत्ता भएका छन् । यो विपदमा पर्नेहरूमा जाजरकोट हुम्ला र बर्दियाका श्रमिकहरूको सङ्ख्या सङ्ख्या ठूलो रहेको छ यस दुखद घडीमा हाम्रो पार्टी बाढी पहिरोमा परी मृत्यु हुने नेपाली मजदुरहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ। साथै भारत सरकारसँग कूटनीतिक पहल गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गराउन बेपत्ताहरूको खोजी गरी आवश्यक राहत दिलाउन र घाइतेहरूको निःशुल्क उपचारका लागि बन्दोबस्त मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ।”
