जलवायू समस्यामा युवाको भुमिका

जलवायू परिवर्तन आजको समयमा मानव सभ्यताले सामना गरिरहेको सबैभन्दा गम्भिर चुनौती हो । आगोको आविष्कारबाट बिकासक्रममा गति बढाएको मानव चेतना आज त्यसैलाई सन्तुलन गर्न नसक्दा अस्तित्व अन्त्य हुने संकेत देखा पर्न थालेको त छैन भन्ने प्रश्न सृजना भएको छ । औद्योगिक क्रान्ति सँगै आएको वातावरणीय प्रदुषण, शक्तिको प्रदर्शनको क्रममा विकास गरिएका आणविक हतियारले ओजन तहमा पु¥याएको क्षति लगायत दैनिक जीवनलाई सहज बनाउनको लागि जीवांश इन्धनबाट चल्ने यन्त्रहरु यसको प्रमुख कारण देखिन्छ । बढ्दो तापक्रमले हिमाल पग्लनु, हिमताल बिष्फोट हुनु, अनियमित बर्षा, बाढी, पहिरो, खडेरी, समुन्द्रमा पानी सतहमा बृद्धि हुनुका साथै जैविक विविधताको ह्रासले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ । भोलिको पुस्ताको लागि विकराल संकट सृजना हुने सम्भावना देखिन्छ । तसर्थ यस समस्या समाधानको लागि युवा पुस्ता अहिले नै जिम्मेवार भुमिका निर्वाह गर्न तयार हुनुपर्दछ ।

लेखक : दोर्चि शेर्पा, संयाेजक, क्रान्तिकारी युवा संघ नेपाल


१. जलवायू सचेतना सन्देश
जलवायू परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपका कारणहरु अध्ययन गरी तथ्याङ्कको आधारमा युवाहरुले सामाजिक सञ्जाल, विद्यालय, कलेज, सामुदायिक संघ संस्था, सरकारी कार्यालय लगायत सम्पूर्ण जनसमुदायलाई समेट्दै सचेतना अभियान संचालन गर्ने कार्यक्रम गोष्ठिहरु सञ्चालन गर्ने ।
२. जीवनशैली वातावरणमैत्री बनाउने
वतावरण प्रदुषणको स्रोत जन साधनहरुको प्रयोग कम गर्दै जाने, प्लाष्टिक जन्य पदार्थको प्रयोग घटाउने, फोहोर वर्गीकरण, पुनः प्रयोगको विधिमा ल्याउने, सार्वजनिक यातायात, साईकलको प्रयोग बढाउने, जिवार्श इन्धनको प्रयोग घटाउने, वनजंगलको संरक्षण गर्ने, बुक्षारोपण गर्ने ।
३. नीति निर्माणमा युवाको सहभागिता
जलवायु नीति बनाउदा युवाको आवाज समावेश गराउन स्थानिय तहदेखि अन्तराष्ट्रिय तहसम्म आफ्ना माग तथा सुझावजन्य प्रस्तावहरु पेश गर्नको लागि जलवायुको समस्या तथा समाधानका विषयमा छलफल बहसबाट निष्कर्ष तयार गर्ने । त्यसैको आधार कार्यक्रम तयार गरी व्यवहारिक रुपमा कार्य सम्पादन गर्ने । तहगत रुपमा संगठन तयार गर्ने सम्बन्धित क्षेत्रमा निरन्तर योगदान गर्ने ।
४. जलवायु न्यायको लागि संघर्ष
ज्लवायु परिवर्तन सबै देशहरुमा समान छैन, विकसित औधोगिक राष्ट्रहरुले गरेको अधिकतम कार्बन उत्सर्जनको क्षति गरिब विकासोन्मुख र नेपाल लगायत दक्षिण एसियाली हिमाली भुगोलहरुमा बढि क्षति नोक्सानी भएको मुलुकमा सम्वन्धित निकायबाट क्षति नोक्सानी वित्त ९ीयकक बलम (Loss and Damage Fond) को माग गर्ने । सम्बन्धित क्षेत्रमा लगानी गर्न लगाउने ।
५. हिमाल र प्राकृतिक स्रोतको संरक्षण
हिमालमा जलवायुको प्रत्यक्ष असर देखिन्छ । नजिकको बस्तीहरुमा वातावरणीय प्रदुषण न्युनीकरणको बिकल्प खोज्ने, स्थानीयलाई प्रशिक्षित गराउदै कार्यक्रममा सहभागी गराउने । विकासको शिर्षकमा हुने प्रकृति दोहनलाई रोक्ने । वातावरणीय सन्तुलन सहित विकास निर्माण कार्य सञ्चालन गर्ने । प्राकृतिक स्रोत साधनको संरक्षणको लागि स्थानिय उपस्थिती स्वयम् सेवकहरु तयार गर्ने ।
६. विज्ञान प्रविधिको प्रयोग
जलवायु संकेतको जोखिम पत्ता लगाउन आवश्यक आधुनिक प्रविधि सहित अनुसन्धान गर्ने, जोखिम स्थानको जनधनको क्षति बाट बचाउने । हिमाली क्षेत्रहरुमा जीवांश इन्धनको साधनको विकल्पमा अन्य प्रविधिलाई र पहिलो प्राथमिकता दिएर कार्य योजना तयार गर्दै कार्यान्वयन गर्न सरकारको सहकार्य गर्ने । सडकको विकल्पमा केवलकार सञ्चालन गर्ने ।
७. रोजगारी तथा उद्यमशिलता
ज्लवायु संकटलाई युवाहरुले अवसरको रुपमा आत्मसाथ गर्दै सामुहिक रुपमा दिर्घकालिन कृषि फलफुल खेति सञ्चालन गर्ने । साथै उर्जा विद्युतिय साधनको व्यपार व्यवसायीक बनाउने ।
८. विपद व्यवस्थापनमा सक्रिय
प्राकृतिक प्रकोपको कारण उत्पन्न हुने घटनाहरुमा उद्धार, राहत, स्वंयसेवकको जिम्मेवारी तुरुन्तै सहभागी हुने । त्यस्ता जोखिम युक्त स्थानको नागरिकलाई सचेत गराउने, उचित स्थानान्तरण गर्ने गराउने । वन जंगलमा हुने डढेलो नियन्त्रण गर्ने, आगलागी नियन्त्रण गर्न स्थानिय जन समुदायलाई जिम्मेवार वनाउने, साथै प्रकृति र वातावरणीय सन्तुलनका लागि राज्यलाई दायित्वबोध गराउने ।
९. अन्तराष्ट्रिय रुपमा युवा संगठित हुने
पृथ्वी प्राणीहरुको साझा घर हो । शासकिय प्रसासकिय तथा भाषा संस्कृतिको भुगोलको नामाकरण विभाजित गरेता वातावरणीय समस्याहरु तथा मानविय भावनाहरु विभाजित छैन । तसर्थ देश भन्दा माथी उठेर युवा चेतनाले पृथ्वीको रक्षाको लागि अथवा मानव अस्तित्व रक्षाको लागि साझा धारणा सहित जलवायु संकटको विकल्प तयार गर्न विश्वभरको युवा एउटै मञ्चमा उभिएर संगठित हुन आवश्यक छ ।
निष्कर्षः जलवायु संकट व्यक्ति, वर्ग, राज्यको मात्र समस्या होइन । यो विश्वभरको प्राणी र प्रकृतिको अस्तित्व अन्त्य हुने संकेत हो । पुँजिवादको विकास सँगै भएको औद्योगीक क्रान्तिको कारणले जलवायु संकट सिर्जना भएको हुनाले पुँजीपति वर्गले यसलाई न्याय गर्न सक्दैन तसर्थ जलवायु न्यायको लागि क्रान्तिकारी युवा शक्ति नै एकताबद्ध हुन आवश्यक छ । आजसम्म समाजमा रहेको उत्पिडित वर्गको न्यायको लागि वर्ग संघर्ष चलेको थियो भने अब क्रान्तिको युग नयाँ चरणमा प्रवेश गरेको छ । आजको समयमा उत्पिडित वर्ग प्रकृति बनेको छ भने मानव पुँिजवादी राष्ट्र पिडकको पक्षमा देखिन्छ । क्रान्तिकारी युवाहरु आफ्नो कित्तामा हातेमालो गरेर जलवायु न्यायको आवाज बुलन्द गर्दै प्रकृतिको रक्षामा जिम्मेवार बन्न आवश्यक छ । हरेक भावि पुस्ताको लागि सुरक्षित पृथ्वी हस्तान्तरण गर्नु पर्दछ ।
मितिः २०८३/०५/१४

By जन बिहानी

Related Posts