
पान्डीचेरी, भारत : अखिल भारत नेपाली एकता समाज पान्डीचेरी नगर समिति अन्तर्गत आरोविल एरिया समितिको २१ औ सम्मेलन दिनांक १० अगस्त २०२५ कादिन सम्पन्न भएको छ। उक्त सम्मेलनको अध्यक्षता अर्चना थनेतले गर्नु भयो।

अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट गुलियो चौधारीले र संगितबाट रक्तिमले स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र वस्यालले तालीको गडगडाहटमा आरोविल एरियाको उद्घाटन र उद्घाटन भाषण गर्नु भएको थियो।

सम्मेलन सफलताको शुभकामना दिनेहरूमा समाजका केन्द्रीय सदस्य तथा दक्षिणका रक्तिम ईन्चार्ज राजु थापा, नगर अध्यक्ष तथा केन्द्रीय सदस्य सुर्य थापा रहनु भएको थियो।
सुर्य थापाले सम्मेलनको प्रस्तबित प्यानल प्रस्तुत गर्नु भएको थियो। सम्मेलनले बिर बहादुर चौधरीको अध्यक्षतामा १५ पूर्ण ५ बैकल्पिक र ७ सलाहकार गरी २७ सदस्यीय आरोविल एरिया समितिको चयन गरेको छ। उपाध्यक्ष भक्त बहादुर चौधरी, सचिव राकेश चौधरी, सह सचिव रतन चौधरी, कोषाध्यक्ष रेनुका राजबंसी, सदस्य राजाराम चौधरी, थानेश्वर न्यौपाने, निर्मल चौधरी, लाल बहादुर चौधरी, वलराम चौधरी, राज कुमार थारू, देवाकुमारी चौधरी, बाटुली चौधरी, बैकल्पिक सदस्य प्रेम चौधरी, अर्जुन चौधरी, साजन चौधरी, ज्ञानेन्द्र चौधारी, रेखा योगी, सल्लाहकार विशाल थापा, संझना थापा, चन्द्रकला थारू, सन्तोष चौधरी, रतन महतो, गिता चौधरी र सुनील चौधरी रहेका छन। समितिका अध्यक्षले सफत लिनुका साथै नव निर्वाचित समितिलाइ संगित बाट रक्तिम र केन्द्रीय सदस्य प्रेम सुवेदी, सुर्य थापा, कुमारी थापा, हरिकला थापा, नगर सदस्य प्रेम केसी, दिननाथ शर्मा, रमेश आले, संजोग आले र जीवि थापा रहेका थिए। भने कार्यक्रमको संचालन राकेश कुमार चौधरीले गर्नु भएको थियो ।
